लामो दुरी, हवाइ सेवा र विद्यार्थी भर्ना भदौ मसान्तसम्म बन्द रहने
काठमाडौं । सरकारले भदौ १ गतेदेखि सुचारु गर्ने भनेको लामो दुरीका सवारी साधन र हवाई यातायात भदौ मसान्तसम्म बन्द राख्ने निर्णय गरेको छ ।
सोमबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । भदौ १ गतेदेखि लामो दुरीका सवारीसाधन र हवाई उडान सुरु गर्ने तयारी गरेको भए पनि त्यसलाई पनि रोक लगाइएको छ ।
सरकारले यसअघि गरेको निर्णयअनुसार भदौ १ गतेबाट विद्यार्थी भर्ना लिन सकिने थियो । तर सोमबारको निर्णयअनुसार भदौ १ गतेबाट गर्ने भनिएका सबै काम भदौ मसान्तसम्म लम्ब्याइएको छ ।
“भदौ १ गतेदेखि संचालन गर्ने गरी अनुमति प्रदान गरिएका छोटाो मध्यम र लामो दूरीमा अन्तरजिल्ला संचालन हुने निजी तथा सार्वजनिक यात्रुवाहक सवारीसाधनहरु, आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायिक उडानहरु, प्रशिक्षण खेलकुद, विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षा संचालनजस्ता कार्यहरु आगामी भदौ मसान्तसम्म स्थगित गर्ने,” सीसीएमसीले सरकारलाई सिफारिस गरेको थियो । सोहीअनुसार निर्णय गरेको एक मन्त्रीले बताए ।
सरकारका प्रवक्ता अर्थ तथा सूचनामन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषद् निर्णयका बारेमा मंगलबार जानकारी गराउने बताउँदै मंगलबारदेखि नै कार्यान्वयन हुने कुनै पनि निर्णय नगरिएको जनाए ।
Comments
अरु समाचार
-
बाढी पहिरोले देशका मुख्य राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
रास्वपा महाधिवेशनमा ई–भोटिङ व्यवस्था, विदेशमा रहेका प्रतिनिधिले पनि मतदान गर्न पाउने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी महाधिवेशनमा विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने भएको छ। रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
फिफा विश्वकप फुटबल २०२६: स्कटल्याण्डलाई मोरक्कोले १–० ले हरायो
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...











