कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या ११३ पुग्यो
काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो पटक नेपालमा थप ६ जनाको मृत्यु भएको छ।
कास्कीमा २ जना र ललितपुर, काभ्रे, मोरङ र बाँकेमा एक/एक जनाको मृत्यु भएको हो। कास्कीमा आज विहान पौने ११ बजे ८७ वर्षीय वृद्धको मृत्यु भएको छ। पोखरा महानगरपालिका १६ का ती वृद्ध कोरोना पुष्टि भई हिजो पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठान कोभिड १९ उपचार केन्द्रको आइसीयुमा भर्ना भएका थिए। उनको उपचारका क्रममा आज मृत्यु भएको प्रदेश स्वाथ्य निर्देशनालयले जनाएको छ।
मधुमेह, मृगौला लगायत दीर्घ रोगबाट पीडित उनी उच्च ज्वरो र स्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि अस्पताल भर्ना भएका थिए। योसहित गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ। यस अघि आज विहान पोखरामा उपचारका क्रममा मृत्यु भएकी एक महिलाको कोरोना परीक्षणको रिपोर्ट पनि पोजेटिभ आएको छ। तनहुँ ब्यास नगरपालिका–१ अम्रेनीकी ५० वर्षीया महिलाको पोखराको कास्की सेवा अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको अस्पतालका सञ्चालक डाक्टर पदम खड्काले जानकारी दिए। उनको कोरोना परीक्षणको रिपोर्ट आज विहान आएको हो। महिलामा मधुमेह, उच्च रक्तचाप, मुटुको समस्या र निमोनिया रहेको डाक्टर खड्काले जानकारी दिए। ती महिलाकी छोरीलाई पनि कोरोना संक्रमण पुष्टि भएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए। घरमा छोरी र उनि मात्रै बस्दै आएका थिए।
यसै गरी ललितपुर स्थित पाटन अस्पतालमा पश्चिम नवलपरासीका ३७ वर्षका कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो। उनमा प्रादेशिक अस्पताल भैरहवामा साउन २८ गते कोरोना पुष्टि भएको थियो। उनको पाटन अस्पतालमा उपचारका क्रममा आज विहान मृत्यु भएको हो । बुटवलस्थित युनिभर्सल मेडिकल कलेजमा पीत्तथैलीको अपरेशन गराएका उनको अपरेशन लगत्तै कोरोनासँग मिल्दाे जुल्दाे लक्षण देखिएपछि परिक्षण गराउँदा कोरोना पुष्टि भएको थियो। बिरामीको अवस्था जटिल भएपछि प्रादेशिक अस्पताल भैरहवाले पाटन अस्पताल रेफर गरेको हो। उनी नवलपरासी पश्चिमका नेपाली कांग्रेसका उपसभापति रहेको संघीय सांसद तथा नेपाली कांग्रेसका नेता देवेन्द्रराज कँडेलले जानकारी दिए।
यसैगरी, बाँकेमा कोरोना संक्रमणले गएराति एक जनाको मृत्यु भएको छ। नेपालगन्ज उपमहानगरपालिका–५ का ६२ वर्षीय पुरुषको गएराति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए। उनका अनुसार मृतकमा निमोनियाको समस्या थियो। गत शुक्रबार कोरोनाको लक्षण देखिएपछि परिवारका सदस्यले आइतबार उपचारका लागि नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल भर्ना गरेका थिए। अस्पतालमा कोरोना परीक्षण गर्दा हिजो दिउँसो पोजेटिभ रिपोर्ट आएको थियो। योसँगै बाँकेमा कोरोनाका कारण मृत्यु हुनेको संख्या चार पुगेको छ। कोरोनाका कारण काभ्रेको धुलिखेल अस्पतालमा आज विहान एक वृद्धको मृत्यु भएको छ। धुलिखेल नगरपालिका–७ का ९८ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमल्सिनाले जानकारी दिए। कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा साउन २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनी मधुमेह र दमका रोगी रहेको अस्पतालले जनाएको छ।
मृतकका छोरा बुहारी दुवैमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै कोशी अस्पतालमा ४७ वर्षीय पुरुषको कोरोना भाइरसका कारण मृत्यु भएको छ। आइतबार साँझ अस्पताल भर्ना भएका विराटनगर महानगरपालिका ८ का संक्रमितको सोमबार साँझ ५ बजे मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट चुमनलाल दासले बताए। अस्पतालमा भर्ना हुनासाथ मृतकको स्वाब संकलन गरिएको थियो।
बिहान कोरोना पोजेटिभ आएको थियो। उनका अनुसार मृतकमा पहिलेदेखि फोक्सो समस्या थियो। उनमा ज्वरो,खोकी र श्वासप्रश्वासको समस्या थियो। योसँगै विराटनगरको कोशी अस्पतालमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ९ पुगेको दासले जानकारी दिए। पछिल्लो पटक मृत्यु भएका ६ जनाकै भने स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले पुष्टि गरेको छैन्।
Comments
अरु समाचार
-
उच्च अदालत जनकपुरमा यसरी सदुपयोग गरियो लगातार तीन दिनको बिदा (फोटोफिचर)
जनकपुर । जनकपुर उच्च अदालतका न्यायाधीश तथा कर्मचारीको तीन दिन बिदाको सदुपयोग देशमै एक उहारणीय भएको छ । कायम मुकायम...
-
देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को...
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर...
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...











