ओम्नीसंगको सम्झौता रद्द गर्नुको कारण खुलाउन सरकारलाई सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले ओम्नी बिजनेश कर्पोरेट इन्टरनेशनल प्रालिसँग स्वास्थ्य सामग्री खरिद सम्झौता रद्द गर्नुको कारण लिखित रुपमा पेश गर्न सरकारलाई आदेश दिएको छ ।
स्वास्थ्य सामग्री खरिद सम्झौता रद्द गर्ने सरकारी निर्णयलाई चुनौती दिँदै सर्वोच्च अदालतमा ओम्नी बिजनेश कर्पोरेट इन्टरनेशनल प्रालिका तर्फबाट दायर रिटमा सुनुवाइ गर्दै न्यायाशीश हरिकृष्ण कार्कीको इजलासले बिहीबार १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।
ओम्नी बिजनेश कर्पोरेट इन्टरनेशनल प्रालिका तर्फबाट सञ्चालक पारस केसीका वारेस अमिर लामिछानेले स्वास्थ्य सेवा विभाग टेकु, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नोभेल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति, सार्वजनिक खरिद अनुगमन कार्यालयसमेतलाई विपक्षी बनाइ भदौ १ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।
स्वास्थ्य सेवा विभागले सार्वजनिक खरिद नियमावली १४५ को विशेष परिस्थितिमा खरिद गर्ने व्यवस्था सम्बन्धी प्रावधान बमोजिम गत चैत ११ गते सूचना प्रकाशित गरी कोभिड–१९ रोकथाम तथा व्यवस्थापनका लागि अति आवश्यक सामानहरु तत्काल खरिद गर्न सक्षम आपूर्तिकर्तालाई चैत १२ गते आफ्नो स्वच्छ र उचित मूल्यको प्रस्तावसहित उपस्थिति हुन आह्वान गरेको जिकिर रिट निवेदकले गरेका छन् ।
सोही अनुसार ओम्नी बिजनेश कर्पोरेट इन्टरनेशनल प्रालि तथा अन्य आपूर्तिकर्ता आ–आफ्नो प्रस्तावसहित गत चैत १२ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा उपस्थित भएको र ओम्नी बिजनेश कर्पोरेट इन्टरनेशनल प्रालिले पेश गरेको प्रस्तावलाई न्यूनतम मूल्यांकित सारभूत रुपमा प्रभावकारी निर्धारण गरी आपूर्तिको जिम्मेवारी प्रदान गरिएको रिट निवेदकको भनाइ छ ।
सोही बमोजिम गत चैत १४ गते स्वास्थ्य सेवा विभाग र ओम्नी बिजनेश कर्पोरेट इन्टरनेशनल प्रालिबीच सम्झौता भएको र पाँच लाख १६ हजार ९२२ अमेरिकी डलरको बैंक जमानतसमेत दाखिल गरिएको उल्लेख गर्दै रिटमा सम्झौतामा उल्लेखित मिति र डेलिभरी सेड्युल बमोजिम पहिलो लटका सामान आपूर्ति गरी विभागलाई बुझाएको प्रष्ट पारिएको छ ।
सम्झौता बमोजिम आफ्नो दायित्व अन्तर्गत बाँकी लटका सामान आपूर्तिका लागि चीनमा व्यवस्थापन गरिसकेको र ती सामान ल्याउनका लागि नेपाल वायुसेवा निगमको विमान अप्रिल ५ मा उपलब्ध हुने भएअनुसार सामान आपूर्तिका लागि म्याद थप माग गरिएको पनि रिट निवेदनमा उल्लेख छ । तर आधार र कारण खुलाएर म्याद थपका लागि पत्राचार गरिएकोमा सो उपर कुनै कारवाही नगरी आफूलाई पूर्व सूचनासमेत नदिइ पत्रकारसम्मेलन मार्फत सम्झौता रद्द गरिएको जानकारी सार्वजनिक गरिएको र चैत १९ गते बल्ल इमेलमार्फत आफूलाई सम्झौता रद्दबारे जानकारी गराइएको रिट निवेदकको दावी छ ।
पहिलो लटको सामान बुझिसकेको र बाँकी सामान आपूर्तिको प्रक्रियामा रहेको अवस्थामा हठात् सम्झौता अन्त्य गर्नुका साथै कम्पनीलाई कालोसूचीमा राख्ने र बैंक जमानत जफत गर्ने निर्णय गर्नु बदनियतपूर्ण रहेको ओम्नी बिजनेश कर्पोरेट इन्टरनेशनल प्रालिको जिकिर छ ।
निवेदकले सामान आपूर्ति गर्न सम्झौता गरेको विषय कोभिड–१९महामारीसँग सम्बन्धित रहेको र यही महामारीको समयमा नै आपूर्ति गर्नुपर्ने सामानहरुको सम्बन्धमा भएको सम्झौता अन्त्य गर्ने गरी विपक्षी विभागले गरेको निर्णयलाई चुनौती दिई न्यायको याचना गर्न सर्वोच्च अदालतको विज्ञप्ति अनुसार हाल रिट निवदेन दर्ता गर्न मिल्ने अवस्था भएको हुँदा न्याय याचना गर्न उपस्थित भएको रिटमा उल्लेख छ ।
विपक्षीका कारण संविधानको धारा २५ द्वारा प्रत्याभूत सम्पत्तिको हकमात्र नभई नेपाली नागरिकलाई संविधानको धारा १६ ले सुनिश्चित गरेको बाँच्न पाउने हक र धारा ३५ ले प्रत्याभूत गरेको स्वास्थ्य सेवा सम्बन्धी हकमा समेत आघात पुगेको रिट निवेदकको दावी छ ।
आपूर्तिकर्ताको कुनै त्रुटिविना नै खरिद सम्झौता अन्त्य गरिएको जिकिरसहित रिटमा सम्झौता अन्त्य गर्ने निर्णय बदर गराइ पाउन माग गरिएको छ । आफूले आपूर्ति गरेको सामानको मूल्यबापत आजसम्म कुनै रकम पेश्की वा भुक्तानीको रुपमा प्राप्त नगरेको दावी पनि रिटमा गरिएको छ ।
Comments
अरु समाचार
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
रास्वपा महाधिवेशनमा ई–भोटिङ व्यवस्था, विदेशमा रहेका प्रतिनिधिले पनि मतदान गर्न पाउने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी महाधिवेशनमा विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने भएको छ। रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
फिफा विश्वकप फुटबल २०२६: स्कटल्याण्डलाई मोरक्कोले १–० ले हरायो
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...











