आइसोलेसनमा महिलाको मृत्यु, सँगै बसेका श्रीमान र ५ वर्षीय छोरामा संक्रमण पुष्टि
काठमाडाैँ । कैलालीको घोडाघोडी नगरपालिका–११ को आइसोलेसनमा रहेकी एक महिलाको मृत्यु भएको छ।
भारतबाट फर्किएर घोडाघोडी नगरपालिका–११ स्थित दशरथ बाल विकास केन्द्रमा व्यवस्थापन गरिएको आइसोलेसनमा रहेकी ३५ वर्षीया महिलाको सोमबार राति मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश कुमार रावतले बताए।
तीन वर्षदेखि उनको दुवै मिर्गौलामा समस्या रहेको र नियमित डाइलासिस गर्नुपर्ने अवस्था रहेको उनले बताए। स्थायी घर बझाङ भएकी उनी भारतबाट आफन्तको घरमा कैलाली आए पछि आइसोलेसनमा राखिएको थियो। मृतकका श्रीमान् र ५ वर्षीय छोरामा कोरोना संक्रमण पुष्टि भएको छ।
‘भदौ २ गते श्रीमान् र छोराको स्वाब संकलन गरिएको थियो, तर उनको भने स्वाब संकलन गर्न त्यो बेला छुटेको थियो। छोरा र श्रीमानमा संक्रमण पुष्टि भएको छ’ स्वास्थ्य शाखा प्रमुख रावतले भने, ‘बिहान स्वाब संकलन गरेर परीक्षणका लागि धनगढी प्रयोगशालामा पठाइएको छ, आज बेलुकासम्म रिपोर्ट आउन सक्छ।’
कोरोना आशंका रहेकाले मृतकको शव व्यवस्थापन गरिएको छैन। कोरोना परीक्षण रिपोर्ट आए पछि शव व्यवस्थापन गरिने स्वास्थ्य शाखा प्रमुख रावत बताउँछन्।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
रास्वपाकाे सचिवालयको बैठक बस्दै
काठमाडौं । विभिन्न समसामयिक विषयमा छलफल गर्नका लागि आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ ।सो पार्टीका...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
सदैव राष्ट्र र राष्ट्रिय एकताको पक्षमा : अध्यक्ष रामेश्वर थापा,अन्नपूर्ण मिडिया नेटवर्क
- अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको प्रमुख प्रकाशन अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका लागि आजको दिन ऐतिहासिक हो। यो प्रकाशन आजबाट २५ वर्ष...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
चीन–नेपाल सुरक्षा सहकार्यमा जोड
काठमाडौं । नेपालका लागि चीनका राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा जोड दिँदै त्यसलाई अझ सुदृढ बनाउन हरसम्भव प्रयत्न गर्ने...












