स्वास्थ्यमन्त्रीलाई विज्ञको गुनासो- मन्त्रालयका निर्णय परिपक्व किन भएनन्?
काठमाडौं । स्वास्थ्य विज्ञहरुले निको भएका कोरोना संक्रमितको प्लाज्मा संकलन गरी प्लाज्मा बैंक स्थापना सुझाव दिएका छन्।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बुधबार आयोजना गरेको स्वास्थ्य विज्ञहरुसँगको भिडियो छलफलमा अहिलेसम्म १९ हजार बढी संक्रमित निको भइसकेकाले प्लाज्मा बैंक स्थापना गर्न सकिए उपचाररत बिरामीका लागि सहज हुने सुझाव दिएका हुन्।
स्वास्थ्यमन्त्रीले काठमाडौं उपत्यका, वीरगञ्ज, विराटनगर लगायतका स्थानमा संक्रमितको संख्या बढेसँगै मन्त्रालयले चालेका कदमको प्रभावकारिता, थप के गर्ने भनेर स्वास्थ्यका विभिन्न विषय विज्ञसँग परामर्श गरेका थिए।
कन्भ्यालिसेन्ट प्लाज्मा थेरापी विधिले उपचार सकारात्मक हुँदै गएकाले निको भएका संक्रमितबाट संकलित प्लाज्माले थप उपचार गर्न सहज हुने विज्ञहरुले बताएका छन्।
बैठकबारे जानकारी दिँदै स्वास्थ्यमन्त्रीका विज्ञ सल्लाहकार डा खेम कार्कीले सहभागीहरुले गम्भीर खालका कोरोना संक्रमितको उपचारमा प्रयोग भइरहेको रेमडेसिभिर औषधिको कालोबजारी रोक्न पनि सुझाव दिएको बताए।
‘७/८ हजारमा पाइने रेमडेसिभिर औषधि कालोबजारी गरेर ६०/७० हजारमा समेत बिक्री भइरहेको गुनासो आएकोेले त्यसलाई नियन्त्रण गर्न पनि सुझाव आएको छ,’ उनले भने, ‘अहिले संक्रमणबाट बच्ने खोप भनेको मास्क नै भएकाले खरिद गर्न नसक्ने निम्न वर्गका परिवारलाई सरकारले व्यवस्था गरिदिन समेत सुझाव दिनुभएको छ।’ कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी बनाउन पनि सहभागीले सुझाएको उनले बताए।
उनले सरकारले अहिले अक्सिजन प्लान्ट भएका अस्पतालमा जडान गरिरहेको, आइसियु बेड २ हजार ६ पुर्याएको, परीक्षणको दायरा बढाएको, भेन्टिलेटर ९०० पुर्याएको, आइसोलेन बेडहरु थपिरहेको जानकारी दिए।
सरकारले स्थल र हवाई मार्गबाट आउने व्यक्तिलाई पिसिआर परीक्षण गरेर मात्र घर पठाउने भने पनि काजगमै सीमित रहेको भन्दै त्यसलाई कार्यान्वयनमा ल्याउन समेत विज्ञले ध्यानाकर्षण गराएका छन्।
स्वास्थ्य विज्ञहरुले सरकारले सबै स्वास्थ्य संस्थाहरुलाई २० प्र्रतिशत बेड कोभिडका लागि छुट्याउने विषय पनि व्यावहारिक रुपले हेर्न सुझाव दिएका छन्।
‘सबै अस्पतालहरु कोभिडका लागि २० प्रतिशत बेड छुट्याउन सक्ने अवस्थामा छन् कि छैनन्, उनीहरुको स्थलगत अनुगमन गरी कुन अस्पतालले कोभिड र ननकोभिड दुवै सेवा दिन सक्छन्, कस्तो भौतिक संरचना छ भनेर हेरेर मात्र कार्यान्वय गर्न पनि प्रस्ताव राखेका छौँ, ‘बैठकका एक सहभागीले बताए।
स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति र मनोबल बढाउनुपर्नेमा समेत सहभागीले जोड दिएका थिए।
यस बाहेक मन्त्रीको सोच र मन्त्रालयबाट जारी हुने नीति–निर्देशनमा तालमेल नभएको विषय पनि सहभागीले उठाएका थिए।
उनीहरुले मन्त्रीसमक्ष छलफल हुँदा उठ्ने विषयवस्तु र निर्णयमा हुने विषयवस्तु फरक हुने र विवादास्पद हुने भन्दै त्यसलाई सुधार गर्न समेत सुझाव दिएका छन्।
मन्त्रीले बैठकमा गर्ने कुरा सकारात्मक भए पनि त्यही विषयमा जारी पत्र, परिपत्र थर्काउने, धम्काउने र कारबाहीमूलक कुराहरु उल्लेख भएका कुराहरु पत्राचार हुने भएको भन्दै दुई दिन ढिला भए पनि परिपक्क निर्णय गर्न विज्ञहरुले सुझाव दिएका छन्।
कोरोना भाइरस संक्रमण बढ्न थालेसँगै मन्त्रालयले कार्यान्वयनमा ल्याएको होम आइसोलेसन व्यवस्थित बनाउन पनि विज्ञले सुझाव दिएका छन्।
सहभागीले होम आइसोलेसनमा बस्ने संक्रमितको संख्या बढे पनि त्यसलाई व्यवस्थित नबनाउने हो भने खतरा हुने बताएको बैठकमा एक सहभागीले जानकारी दिए।
स्वास्थ्यमन्त्री ढकालले सबैका कुरा सुनेपछि स्वास्थ्य मन्त्रालयले सबैको सल्लाह अनुसार ठोस कदम चालेर अघि बढ्ने बताएका छन्।
Comments
अरु समाचार
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...
-
बडादसैँको दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरिँदै
काठमाडौँ । बडादसैँको दोस्रो दिन सोमबार नवदुर्गामध्ये माता ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै छ । ब्रह्मचारिणीको अर्थ ‘ब्रह्ममा लीन भएकी वा...












