कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु
काठमाडौं । बुधबार साँझ र बिहीबार बिहानसम्म थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि भएको छ ।
मृत्यु हुनेमा पाटन अस्पतालमा उपचाररत ललितपुरकी ६५ वर्षीया महिला, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पोखराकी ३२ वर्षीया महिला, लुम्विनी प्रादेशिक अस्पतालमा कपिलवस्तुमा उपचाररत ५० वर्षीय पुरुष, रुपन्देहीकी ७० वर्षीया महिला, नारायणी अस्पतालको कोभिड अस्पतालमा उपचाररत बाराकी २३ वर्षीया महिला, पर्साका ७२ वर्षका पुरुष तथा वीरगञ्ज हेल्थ केयरको कोभिड अस्पतालका एक पुरुष छन् ।
वीरगञ्जस्थित नारायण अस्पतालमा धोविनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुष र बाराको सुवर्ण गाउँपालिका–४ हर्दिया बस्ने २३ वर्षीया महिलाको मृत्यु भएको छ ।
भदौ ८ मा नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका ७२ वर्षीय पुरुषमा निमोनियासमेत थियो । उनको उपचारका क्रममा बुधबार साँझ ६:२२ मा मृत्यु भएको अस्पतालका डाक्टर उदयनारायण सिंहले जानकारी दिए ।
यस्तै भदौ ८ गते नारायणी अस्पतालमा भर्ना भएकी २३ वर्षीया महिलाको पनि उपचारका क्रममा आज बिहान ६ बजे मृत्यु भएको डा.सिंहले जानकारी दिए । मृतक महिला ३३ हप्ताकी गर्भवती थिइन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि उपचारका क्रममा एक महिलाको मृत्यु भएको छ ।
भदौ ७ गते कोरोना संक्रमण पुष्टि भएर उपचारका लागि अस्पताल भर्ना भएकी पोखरा-११ कि ३२ वर्षीया महिलाको आज बिहान ८ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।
कपिलवस्तुका कोरोना संक्रमित एक पुरूषको पनि बुधबार राति मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका १ का ५० बर्षीय पुरुषको बुटवलस्थित बुटवलस्थित धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा मृत्यु भएको कोभिड अस्पतालका कोरोना फोकल पर्सन डा.सुदर्शन थापाले जानकारी दिए।
लामो समयदेखि उच्च रक्तचाप र मधुमेहको बिरामी रहेका उनको भेन्टिलेटरमा उपचारका क्रममा बुधबार राति १०:४५ बजे मृत्यु भएको थापाले जानकारी दिए ।
भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई ६ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।
पाटन अस्पतालमा पनि आज बिहान ललितपुरकी ६५ वर्षीया महिलाको मृत्यु भएको छ। आईसीयूमा उपचाररत उनको बिहान ६ बजेतिर मृत्यु भएको पाटन अस्पतालका निर्देशक डा. रवि शाक्यले जानकारी दिए ।
त्यस्तै लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकीनगरकी ७० वर्षीया महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।
साउन २६ गते संक्रमण पुष्टि भएकी उनको घरमा आइसोलेसनमै बसेर उपचार जारी थियो । घरमा उपचारका क्रममा स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि साउन ३१ गते धागो कारखानास्थित कोरोना अस्पतालमा भर्ना गरिएको थियो । ४ दिन अघिदेखि भेन्टिलेटरमा राखेर उनको उपचार जारी थियो ।
उनलाई प्लाज्मा दिएर बुधबारसम्म सुधार भइरहेकोमा रातिदेखि स्वास्थ्य अवस्था बिग्रेको थियो । उनलाई बिहीबार पनि थप प्लाज्मा दिने तयारी थियो ।
संक्रमित महिलामा उच्च रक्तचापको समस्या रहेको अस्पतालले जनाएको छ ।
त्यस्तै किष्ट मेडिकल कजेमा काठमाडौंका अस्पतालका चिफ अप्रेटिङ अफिसर अनिश पाठकका अनुसार काठमाडौंको तारकेश्वर नगरपालिका–११ का ५५ वर्षका पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।
पाठकका अनुसार ती पुरुष कडा खालको निमोनियाको समस्या लिएर भदौ ७ गते किष्ट मेडिकल कलेजमा भर्ना भएका थिए । उनमा भदौ ९ गते कोरोना पुष्टि भएको थियो । ती पुरुषको १० गते बेलुका ८ बजे मृत्यु भएको पाठकले बताए ।
“हाम्रो अस्पतालमा एकजना कोरोना संक्रमतिको मृत्यु भएको छ,” पाठकले खबरहबसँग भने, “उहाँ काठमाडौं तारकेश्वर नगरपालिकाका ५५ वर्षका पुरुष हुनुहुन्छ ।”
कोरोनाको आशंका गरिएका ८० वर्षीय पुरुषको निधन
नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहका अनुसार नारायणी अस्पतालमा कोरोना आशंका गरिएका थप एक पुरुषको पनि मृत्यु भएको छ ।
रौतहटका ८० वर्षका पुरुषको मृत्यु भएको र उनको कोरोना परीक्षणका लागि स्वाब संकलन गरी प्रयोगशाला पठाइएको डा सिंहले बताए ।
डा सिंहका अनुसार ती पुरुष श्वासप्रश्वासको समस्या लिएर हिजो बेलुका अस्पताल आएका थिए । उनको हिजो साँझ ७ बजे नै मृत्यु भएको छ ।
उनले भने, “पर्साको नारायणी अस्पताल र वीरगंज हेल्थ केयरको कोभिड अस्पतालहरुमा ३ जना मृत्यु भएका महिला तथा पुरुषमा कोरोना पुष्टि भइसक्यो,” डा सिंहले भने, “थप एकजनाको मृत्यु भएको छ, उहाँको स्वाब संकलन गरी परीक्षण हुँदैछ ।”
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












