‘ई-कमर्सलाई घर-घरमा ढुवानी गर्न इजाजत छैन’: काठमाडौंका सीडीओ दाहाल
काठमाडौं । अनलाइनमार्फत अर्डर लिएर सामग्री घर-घरमा ढुवानी गर्ने कम्पनीहरूलाई रोक लगाइएपछि व्यवसायी निराश भएका छन् ।
सामान डेलिभरी गर्न हिँडेका कर्मचारी र अफिसमा रहेका सञ्चालकलाई बिहीबार प्रहरीले केही घण्टा नियन्त्रणमा लिएर छाडेको थियो । तर, उनीहरुलाई निषेधाज्ञाको बेलामा कारोबार नगर्ने गरी कागज गराएर छाडिएको ई-कमर्सका सञ्चालकहरुले बताए ।
सुरक्षालाई ध्यानमा राखेर सेवा दिइरहँदा पनि काम गर्न बन्देज लगाइएकोमा उनीहरुले केही गर्न आँटेका युवालाई हतोत्साही गर्न खोजिएको बताए ।
‘मेरो किराना’का सागरदेव भट्टले हिजो समातिएका सबैलाई निशेधाज्ञा अवधिभर अनलाइन कारोबार नगर्ने लिखित प्रतिबद्धता गराएर छाडिएको बताए ।
काठमाडौं प्रमुख जिल्ला अधिकारीजनकराज दाहाल ले पनि निशेधाज्ञाको बेलामा ई-कमर्सले घरघरमा सेवा दिन नपाउने बताएको उनले जानकारी दिए ।
उहाँले ई-कमर्सले सेवा दिन नपाउने बताउनुभयो । तर, हामीले ई-कमर्सले जहिले पनि सेवा दिन पाउनुपर्छ भनेर अनुरोध पत्र बुझाएर आएका छौं”, उनले भने । प्रमुख जिल्ला अधिकारीले निशेधाज्ञाका बेला ई-कमर्स पनि निशेधितमा नै पर्ने बताएको उनले जानकारी दिए ।
उनले हिजोको घटनाले ई-कमर्स उद्योगमाथि नै आक्रमण गरेको बताए । युवा उद्यमीले नयाँ-नयाँ अवधारणा ल्याएर चलाएको यो व्यवसायलाई प्रोत्साहन गरिनुपर्नेमा त्यसो नगरिएको उनले गुनासो गरे ।
कोभिड-१९ को बेलामा विदेशका विभिन्न मुलुकका सरकारले नै प्रोत्साहन दिएकोमा यहाँ त्यसो नगरिएको उनले बताए । उनले पूर्व जानकारी बिना कर्मचारीलाई समात्ने, कार्यालयमा आएर कर्मचारी लैजान काम भएको बताए ।
हिजोको घटनाका कारण आज कुनै पनि ई-कमर्स सञ्चालकहरुले डिलिभरी सेवा दिएनन् । “अब प्रशासनले स्पष्ट नपारेसम्म सञ्चालन गरिँदैन” उनले भने, “कर्मचारीलाई प्रहरीले समात्यो भने कर्मचारी तनाबमा हुन्छन् र प्रहरी कार्यालयमा कोरोनाको जोखिम उच्च पनि हुन्छ ।”
यता, फुडमान्डुका श्याम मालीले डिसेम्बर २ सम्मका लागि ई-कमर्सको कारोबार रोकिएको बताए । फुडमान्डुका डेलिभरी कर्मचारीलाई हिजो प्रहरीले ‘होल्ड’ गरेर राखेको थियो । सरकारबाट यसरी यसरी काम गर्नु भनेर स्पष्ट पारेको भए सजिलो हुने उनको भनाई छ । “काम गर्नलाई के हुने के नुहने स्पष्ट नै भएन, सरकारले स्पष्ट पारिदिनुपर्छ” उनले भने ।
फुडमाण्डु, मेरो किराना, भोज डिल्स, फुड मारियोलगायतका कम्पनीले विभिन्न ई-कमर्समार्फत होम डेलिभरी सुविधा दिँदै आएका छन् । ई-कमर्स कम्पनीहरूले दैनिक उपभोग्य सामान मोबाइल एप र वेबसाइटमार्फत अर्डर लिएर घर घर पुर्याउने काम गर्छन् । यी कम्पनीमार्फत खुला हुन नपाएका रेस्टुरेन्टहरूले पनि खानेकुरा प्याकिङमा होम डेलिभरी गरिरहेका थिए ।
प्रहरी प्रशासनले अचानक रोक लगाउँदा सेवाग्राही नै बढी प्रभावित भएको ती कम्पनीहरूको दाबी छ ।
ती कम्पनीहरुले सबै सुरक्षाका मापदण्ड अपनाएर नै कारोबार गर्दै आएको जनाएका छन् । एपबाट अर्डर लिने र भुक्तानी पनि डिजिटल माध्यमबाट लिने गरेको उनीहरुले बताए ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












