नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय नाघ्यो
काठमाडौं । गत २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ।
यो समाचार तयार पार्दासम्म वीरगञ्जमा १ पुरुषसहित २ महिला, धरानमा १ पुरुष, ललितपुरमा २ महिला, चितवनमा १ महिला, कास्कीमा १ पुरुष,गोरखामा १ पुरुष र पाल्पामा १ महिलाको मृत्यु भएको हो। शुक्रबारसम्मको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार मुलुकभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ सय ९५ पुगेको छ।
विभिन्न अस्पतालबाट प्राप्त तथ्यांकअनुसार थप १० संक्रमितको मृत्यु भएको छ। योसँगै मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ५ पुगेको छ। वीरगञ्जमा मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–१२ मुर्ली निवासी ६५ वर्षीया महिला, वीरगन्ज–१२ निवासी ४३ वर्षीय पुरुष र वीरगन्ज–२२ मनियारीका ३७ वर्षीय पुरुष रहेका छन्।
धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत ८४ वर्षीय कोरोना संक्रमितको शुक्रबार राति मृत्यु भएको छ। सिरहाको भदैया–६ बस्ने उनको उपचारका क्रममा मृत्यु भएको हो। मृत्यु हुनेमा काठमाडौं र भक्तपुरका महिला छन्। प्रतिष्ठानका निर्देशक डा. रवि शाक्यका अनुसार काठमाडौंकी ५१ वर्षीया महिलाको शुक्रबार राति साढे १० बजे र भक्तपुरकी ६२ वर्षीया महिलाको शनिबार बिहान पौने ७ बजे मृत्यु भएको हो। चितवन मेडिकल कलेज (सिएमसी) मा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
बारा निजगढ ७ की ७१ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो। स्वासप्रश्वाससम्बन्धी समस्याका कारण भदौ ७ गते चितवन मेडिकल कलेजमा उपचारका लागि आएकी महिलामा भदौ ८ गते संक्रमण पुष्टि भएको थियो। उनको आइसियुमा उपचारका क्रममा मृत्यु भएको चितवन मेडिकल कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए। कास्कीको पोखरा महानगरपालिका १४ काजीपोखरीका ५८ वर्षीय पुरुषको उपचारको क्रममा शनिबार बिहान करिब ११ बजे मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको हो।
चितवनमा गोरखा जिल्ला,गोरखा नगरपालिका १३ का ३८ वर्षीय पुरुषको भरतपुर अस्पतालमा हिजो दिउँसो साढे २ बजे मृत्यु भएको हो। तानसेन नगरपालिका ८ की कोरोना संक्रमित ३० बर्षीया महिलाको उपचारको क्रममा शुक्रबार साँझ मृत्यु भएको हो। लुम्बिनी मेडिकल कलेजको आइसोलेशन कक्षमा उपचारत महिलालाई भदौ ७ गते कोरना संक्रमण पुष्टि भएको थियो।
Comments
अरु समाचार
-
एनपीएलमा आज चार टाेली प्रतिस्पर्धा गर्दै !
काठमाडौं । काठमाडौंको त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा दुइटा खेल हुँदैछ। पहिलो खेलमा...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...












