नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय नाघ्यो
काठमाडौं । गत २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ।
यो समाचार तयार पार्दासम्म वीरगञ्जमा १ पुरुषसहित २ महिला, धरानमा १ पुरुष, ललितपुरमा २ महिला, चितवनमा १ महिला, कास्कीमा १ पुरुष,गोरखामा १ पुरुष र पाल्पामा १ महिलाको मृत्यु भएको हो। शुक्रबारसम्मको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार मुलुकभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ सय ९५ पुगेको छ।
विभिन्न अस्पतालबाट प्राप्त तथ्यांकअनुसार थप १० संक्रमितको मृत्यु भएको छ। योसँगै मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ५ पुगेको छ। वीरगञ्जमा मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–१२ मुर्ली निवासी ६५ वर्षीया महिला, वीरगन्ज–१२ निवासी ४३ वर्षीय पुरुष र वीरगन्ज–२२ मनियारीका ३७ वर्षीय पुरुष रहेका छन्।
धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत ८४ वर्षीय कोरोना संक्रमितको शुक्रबार राति मृत्यु भएको छ। सिरहाको भदैया–६ बस्ने उनको उपचारका क्रममा मृत्यु भएको हो। मृत्यु हुनेमा काठमाडौं र भक्तपुरका महिला छन्। प्रतिष्ठानका निर्देशक डा. रवि शाक्यका अनुसार काठमाडौंकी ५१ वर्षीया महिलाको शुक्रबार राति साढे १० बजे र भक्तपुरकी ६२ वर्षीया महिलाको शनिबार बिहान पौने ७ बजे मृत्यु भएको हो। चितवन मेडिकल कलेज (सिएमसी) मा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
बारा निजगढ ७ की ७१ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो। स्वासप्रश्वाससम्बन्धी समस्याका कारण भदौ ७ गते चितवन मेडिकल कलेजमा उपचारका लागि आएकी महिलामा भदौ ८ गते संक्रमण पुष्टि भएको थियो। उनको आइसियुमा उपचारका क्रममा मृत्यु भएको चितवन मेडिकल कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए। कास्कीको पोखरा महानगरपालिका १४ काजीपोखरीका ५८ वर्षीय पुरुषको उपचारको क्रममा शनिबार बिहान करिब ११ बजे मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको हो।
चितवनमा गोरखा जिल्ला,गोरखा नगरपालिका १३ का ३८ वर्षीय पुरुषको भरतपुर अस्पतालमा हिजो दिउँसो साढे २ बजे मृत्यु भएको हो। तानसेन नगरपालिका ८ की कोरोना संक्रमित ३० बर्षीया महिलाको उपचारको क्रममा शुक्रबार साँझ मृत्यु भएको हो। लुम्बिनी मेडिकल कलेजको आइसोलेशन कक्षमा उपचारत महिलालाई भदौ ७ गते कोरना संक्रमण पुष्टि भएको थियो।
Comments
अरु समाचार
-
फिफा विश्वकप फुटबल २०२६: स्कटल्याण्डलाई मोरक्कोले १–० ले हरायो
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...











