सरकारले घटायो कोरोना परीक्षणको भाउ, हटाइयाे अतिरिक्त शुल्क
काठमाडाै । स्वास्थ्य मन्त्रालयले पीसीआर बिधिबाट कोरोना परीक्षण गर्दा लाग्ने शुल्क घटाएको छ।
आइतबार मन्त्रालयमा बसेको नियमित बैठकले सेवा शुल्कसहित अधिकतम ४ हजार ४ सय रुपैयाँ तोकेको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए।
मन्त्रालयको निर्णयमा भनिएको छ, ‘सःशुल्क रुपमा कोरोना परीक्षण गर्ने सबै प्रयोगशालाहरुले कोभिड–१९ को पीसीआर परीक्षण वापत सेवा शुल्कसहित अधिकतम ४ हजार ४ सय रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने।’
यसअघि सरकारले ५ हजार ५ सय रुपैयाँ शुल्क तोकेको थियो भने आफ्नै ल्याव नभएका अस्पतालले स्वाब संकलन गरेको हकमा अतिरिक्त १० प्रतिशत लिन पाउने छुट समेत दिएको थियो। नयाँ निर्णय अनुसार आफ्नै ल्याब भएका अस्पतालले पहिलेको तुलनामा ११ सय रुपैयाँ कममा गर्नु पर्नेछ भने आफ्नो ल्याव नहुनेले पनि ४ हजार ४ सय रुपैयाँभन्दा बढी लिन पाउने छैनन्।
अब उनीहरुले ल्याव छैन भनी सरकारले तोकेको दरभन्दा १० प्रतिशत थप पनि लिन पाइने छैन।
यसअघि केही अस्पतालले सरकारले तोकेभन्दा पनि बढी शुल्क लिएको पाइएको थियो। ग्राण्डी र क्यान्सर अस्पतालले ७ हजार ५ सय रुपैयाँ लिने गरेका थिए।
यसअघि तोकेभन्दा बढी शुल्क लिने अस्पताललाई के कारबाही गर्ने भन्ने विषयमा भने आइतबार छलफल नभएको मन्त्रालय स्रोतले जनाएको छ।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
रास्वपाकाे सचिवालयको बैठक बस्दै
काठमाडौं । विभिन्न समसामयिक विषयमा छलफल गर्नका लागि आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ ।सो पार्टीका...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
सदैव राष्ट्र र राष्ट्रिय एकताको पक्षमा : अध्यक्ष रामेश्वर थापा,अन्नपूर्ण मिडिया नेटवर्क
- अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको प्रमुख प्रकाशन अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका लागि आजको दिन ऐतिहासिक हो। यो प्रकाशन आजबाट २५ वर्ष...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
चीन–नेपाल सुरक्षा सहकार्यमा जोड
काठमाडौं । नेपालका लागि चीनका राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा जोड दिँदै त्यसलाई अझ सुदृढ बनाउन हरसम्भव प्रयत्न गर्ने...












