नेपालमा चिनियाँ खोप परीक्षणको तयारी अन्तिम चरणमा
काठमाडाैँ । चीनमा बनाइएको कोरोना भाइरसविरुद्धको खोप नेपालमा परीक्षण गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अधिकारीहरुले नेपालमा रहेको होङ्सी सिमेन्ट उद्योगमा कार्यरत मजदुरमा सो खोप परीक्षणका लागि अनुमति दिने तयारी भएको बताएका छन्।
चीनले तेस्रो तथा अन्तिम चरणको क्लिनिकल ट्रायलका पाँच सय मजदुरमा परीक्षणका लागि अनुमति मागेको छ।
परिषदका सदस्य सचिव डा. प्रदीप ज्ञवालीले होङ्सीका कामदारमा क्लिनिकल ट्रायलका लागि अनुमति दिने कार्य अन्तिम चरणमा रहेको बताए।
‘शुक्रबार सबै सरोकारावाला समूहसँग कोरोना भ्याक्सिनको क्लिनिकल ट्रायलको बारेमा भर्चुअल बैठक गरेका छौं। नेपाल पनि भ्याक्सिन निर्माण गर्ने उपयुक्त कम्पनीको क्लिनिकल ट्रायलमा जानु पर्ने भन्ने विषयमा सहमति छ,’ ज्ञवालीले भने, ‘केही कम्पनीहरुले इच्छा पनि देखाएका छन्। जसमा चीनको होङ्सीसँग छलफल अन्तिम चरणमा छ। एकदुई दिन छलफल पछि यसको अन्तिम टुङ्गो लाग्छ।’
ज्ञवालीका अनुसार होङ्सीमा कार्यरत रहेका र परीक्षणमा सहभागी हुन चाहने ५ सय मजदुरमा एक हजार भाइल भ्याक्सिन परीक्षण गर्ने अनुमति माग भएको छ।
चिनियाँ दूतावासबाट परराष्ट्र र स्वास्थ्य मन्त्रालय हुँदै परिषदसम्म परीक्षणको प्रस्ताव आइपुगेको हो।
नेपालमा चीनको सिनोभ्याक बायोटेक नामक कम्पनीले विकास गरेको खोपको परीक्षण हुन लागेको हो। सो कम्पनीले मध्य पुससम्म ‘सिनोभ्याक्स’ नामक खोप बजारमा ल्याइसक्ने जनाएको छ। सोही कम्पनीले आफ्नो खोपलाई होङ्सीका कामदारमा क्लिनिकल ट्रायल गर्ने खोजेको हो।
चीनका ३ वटा खोप परीक्षणको तेस्रो अर्थात् अन्तिम चरणमा छन्। चीन नेसनल फर्मास्युटिकल ग्रुप (सिनोफर्म), क्यानसिनो बायोलोजिक्स र सिनोभ्याकको खोपले क्लिनिकल ट्रायलका लागि अनुमति पाएका छन्। सिनोफार्मले क्लिनिकल ट्रायलका लागि ५० हजारभन्दा बढी डोज उत्पादन गरेको बताइएको छ। सो कम्पनीको एक ब्याचमा तीस लाख डोज उत्पादन गर्न सक्ने र एक वर्षमा दस करोड डोज उत्पादन गर्ने क्षमता भएको जनाइएको छ।
‘डकुमेन्ट र अन्य प्राविधिक विषयहरु अहिलेसम्म ठिकै छ,’ ज्ञवालीले भने, ‘उनीहरु इन्डोनेसिया, ब्राजिल, फिलिपिन्स र पाकिस्तानसहितका देशमा समेत परीक्षण सुरु गर्ने तयारीमा छन्। नेपालमा पनि प्रोटोकल तयार गरेर अन्तिम रुप दिइन्छ।’
विश्व स्वास्थ्य संगठनले कोरोना विरुद्ध परीक्षणरत सम्भावित खोपको सूचीमा समेत सिनोभ्याकको खोप समावेश गरेको छ।
‘सबै प्रक्रिया पूरा गर्ने कम्पनीले विगतमा पनि भ्याक्सिनको क्लिनिकल ट्रायलका लागि अनुमति पाउने गरेका छन्। हाम्रो जस्तो सानो बजार भएको स्थानमा कुनै कम्पनीले हामीले निर्धारण गरेको सबै विधि र प्रक्रिया पूरा गरेर परीक्षण गर्न चाहन्छ भने त्यसको स्वागत गरिनुपर्छ,’ परिषदको अनुसन्धान विभागका प्रमुख मेघराज धिमालले भने।
तर त्यस्तो परीक्षणअघि परिषदले गठन गरेको एथिकल कमिटीबाट कम्पनीले स्वीकृति लिनुपर्ने हुन्छ। परीक्षण गरिने औषधि कम्पनीले परीक्षण गरिने व्यक्तिमा कुनै प्रकारको जटिलता देखिए त्यसको सम्पूर्ण जिम्मेवारी लिनुपर्ने हुन्छ।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
रास्वपाकाे सचिवालयको बैठक बस्दै
काठमाडौं । विभिन्न समसामयिक विषयमा छलफल गर्नका लागि आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ ।सो पार्टीका...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
सदैव राष्ट्र र राष्ट्रिय एकताको पक्षमा : अध्यक्ष रामेश्वर थापा,अन्नपूर्ण मिडिया नेटवर्क
- अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको प्रमुख प्रकाशन अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका लागि आजको दिन ऐतिहासिक हो। यो प्रकाशन आजबाट २५ वर्ष...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
चीन–नेपाल सुरक्षा सहकार्यमा जोड
काठमाडौं । नेपालका लागि चीनका राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा जोड दिँदै त्यसलाई अझ सुदृढ बनाउन हरसम्भव प्रयत्न गर्ने...












