नेपालमा चिनियाँ खोप परीक्षणको तयारी अन्तिम चरणमा
काठमाडाैँ । चीनमा बनाइएको कोरोना भाइरसविरुद्धको खोप नेपालमा परीक्षण गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अधिकारीहरुले नेपालमा रहेको होङ्सी सिमेन्ट उद्योगमा कार्यरत मजदुरमा सो खोप परीक्षणका लागि अनुमति दिने तयारी भएको बताएका छन्।
चीनले तेस्रो तथा अन्तिम चरणको क्लिनिकल ट्रायलका पाँच सय मजदुरमा परीक्षणका लागि अनुमति मागेको छ।
परिषदका सदस्य सचिव डा. प्रदीप ज्ञवालीले होङ्सीका कामदारमा क्लिनिकल ट्रायलका लागि अनुमति दिने कार्य अन्तिम चरणमा रहेको बताए।
‘शुक्रबार सबै सरोकारावाला समूहसँग कोरोना भ्याक्सिनको क्लिनिकल ट्रायलको बारेमा भर्चुअल बैठक गरेका छौं। नेपाल पनि भ्याक्सिन निर्माण गर्ने उपयुक्त कम्पनीको क्लिनिकल ट्रायलमा जानु पर्ने भन्ने विषयमा सहमति छ,’ ज्ञवालीले भने, ‘केही कम्पनीहरुले इच्छा पनि देखाएका छन्। जसमा चीनको होङ्सीसँग छलफल अन्तिम चरणमा छ। एकदुई दिन छलफल पछि यसको अन्तिम टुङ्गो लाग्छ।’
ज्ञवालीका अनुसार होङ्सीमा कार्यरत रहेका र परीक्षणमा सहभागी हुन चाहने ५ सय मजदुरमा एक हजार भाइल भ्याक्सिन परीक्षण गर्ने अनुमति माग भएको छ।
चिनियाँ दूतावासबाट परराष्ट्र र स्वास्थ्य मन्त्रालय हुँदै परिषदसम्म परीक्षणको प्रस्ताव आइपुगेको हो।
नेपालमा चीनको सिनोभ्याक बायोटेक नामक कम्पनीले विकास गरेको खोपको परीक्षण हुन लागेको हो। सो कम्पनीले मध्य पुससम्म ‘सिनोभ्याक्स’ नामक खोप बजारमा ल्याइसक्ने जनाएको छ। सोही कम्पनीले आफ्नो खोपलाई होङ्सीका कामदारमा क्लिनिकल ट्रायल गर्ने खोजेको हो।
चीनका ३ वटा खोप परीक्षणको तेस्रो अर्थात् अन्तिम चरणमा छन्। चीन नेसनल फर्मास्युटिकल ग्रुप (सिनोफर्म), क्यानसिनो बायोलोजिक्स र सिनोभ्याकको खोपले क्लिनिकल ट्रायलका लागि अनुमति पाएका छन्। सिनोफार्मले क्लिनिकल ट्रायलका लागि ५० हजारभन्दा बढी डोज उत्पादन गरेको बताइएको छ। सो कम्पनीको एक ब्याचमा तीस लाख डोज उत्पादन गर्न सक्ने र एक वर्षमा दस करोड डोज उत्पादन गर्ने क्षमता भएको जनाइएको छ।
‘डकुमेन्ट र अन्य प्राविधिक विषयहरु अहिलेसम्म ठिकै छ,’ ज्ञवालीले भने, ‘उनीहरु इन्डोनेसिया, ब्राजिल, फिलिपिन्स र पाकिस्तानसहितका देशमा समेत परीक्षण सुरु गर्ने तयारीमा छन्। नेपालमा पनि प्रोटोकल तयार गरेर अन्तिम रुप दिइन्छ।’
विश्व स्वास्थ्य संगठनले कोरोना विरुद्ध परीक्षणरत सम्भावित खोपको सूचीमा समेत सिनोभ्याकको खोप समावेश गरेको छ।
‘सबै प्रक्रिया पूरा गर्ने कम्पनीले विगतमा पनि भ्याक्सिनको क्लिनिकल ट्रायलका लागि अनुमति पाउने गरेका छन्। हाम्रो जस्तो सानो बजार भएको स्थानमा कुनै कम्पनीले हामीले निर्धारण गरेको सबै विधि र प्रक्रिया पूरा गरेर परीक्षण गर्न चाहन्छ भने त्यसको स्वागत गरिनुपर्छ,’ परिषदको अनुसन्धान विभागका प्रमुख मेघराज धिमालले भने।
तर त्यस्तो परीक्षणअघि परिषदले गठन गरेको एथिकल कमिटीबाट कम्पनीले स्वीकृति लिनुपर्ने हुन्छ। परीक्षण गरिने औषधि कम्पनीले परीक्षण गरिने व्यक्तिमा कुनै प्रकारको जटिलता देखिए त्यसको सम्पूर्ण जिम्मेवारी लिनुपर्ने हुन्छ।
Comments
अरु समाचार
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...
-
बडादसैँको दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरिँदै
काठमाडौँ । बडादसैँको दोस्रो दिन सोमबार नवदुर्गामध्ये माता ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै छ । ब्रह्मचारिणीको अर्थ ‘ब्रह्ममा लीन भएकी वा...












