कुलमानको अवधि आज सकिँदै, निरन्तरताका लागि ऊर्जा मन्त्रालयले आजै प्रस्ताव लिने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङको पुनः नियुक्तिको प्रस्ताव मन्त्रिपरिषदमा लगिने भएको छ ।
उनको कार्यकाल आज (आइतबार) बाट सकिँदै छ । उनको पुनः नियुक्तिका लागि ऊर्जा, जलस्रोत तथा सिचाईं मन्त्रालयले प्रस्ताव तयार पारेको छ । मन्त्रालयका अनुसार उनको पुनः नियुक्तिको लागि आजै प्रधानमन्त्री कार्यालयमा प्रस्ताव पठाउने तयारी भएको छ । उनको प्रस्ताव प्रधानमन्त्री कार्यालयमा आज दर्ता भएपछि अब बस्ने मन्त्रिपरिषद बैठकले उनलाई नियुक्ति दिने निर्णय गर्नेछ ।
यसअघि सत्तारुढ दल नेकपाका अध्यक्ष अध्यक्षद्वयबीच भएको छलफलमा कुलमानलाई दाहोर्याउन प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली सहमत भएका थिए । उनले, कुलमानलाई बोलाएर नियुक्तिबारेको छलफल गर्ने प्रचण्डसँगको पछिल्लो भेटमा भनेका थिए । तर, उनलाई बालुवाटार बोलावट भने भएको छैन् । कुलमान यसअघि पनि प्रतिस्पर्धाबाटै नियुक्ति भएका थिए । एउटै पदका लागि सोही व्यक्तिले पुनः नियुक्ति लिदा प्रतिस्पर्धा गर्न पर्दैन् ।
मन्त्रिपरिषद बैठकले उनलाई दाहोर्याउने निर्णय गर्नेबित्तिकै घिसिङ पुनः १ कार्यकालका लागि प्राधिकरणको निर्देशकमा नियुक्ति हुनेछन् । ऊर्जा मन्त्रालयले पुनः नियुक्तिको प्रस्ताव तयार पारेपनि मन्त्रिपरिषद बैठकले निर्णय नगर्दासम्म नियुक्ति अन्यौलमै छ । कुलमानको पुनयिुक्तिबारे निर्णय भइसकेको छैन् । ऊर्जा मन्त्रालयले उनको पुनः नियुक्तिका लागि प्रस्ताव बनाएर मनित्रपरिषदमा लैजानका लागि प्रधानमन्त्री कार्यालयमा प्रस्ताव गर्दैछन् ।
सुरुवाती दिनमा प्रधानमन्त्री ओली घिसिङप्रति खासै सकारात्मक थिएनन् तर, सामाजिक संजालमा घिसिङको समर्थन देखेपछि घिसिङलाई पुनः नियुक्ती गर्न राजी भएको बताइएको छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












