दुई हजार २० कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ६१,५९३
काठमाडौं । देशभर नोभेल कोरोना भाइरसका थप दुई हजार २० संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार २० संक्रमित थपिएका हुन् ।
देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ रहेको छ ।
पछिल्लो २४ घण्टामा ८७१ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ४३ हजार ८२० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७१ दशमलव १ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ११ हजार ४५८ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ८ लाख ९४ हजार ३७३ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन ९ हजार ३९५ जना र होम आइसोलेसनमा ८ हजार ८८ जना रहेका छन् । आजसम्म देशभर ७ हजार ७३६ जना क्वारेन्टिनमा रहेका छन् ।
देशभर ३६ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर १७३ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।
यससँगै कुल संक्रमितको संख्या ६१ हजार ९९३ पुगेको छ ।
आइतबार देशभर एक हजार ३९ कोरोना भाइरस संक्रमित थपिएका छन् । त्यसैगरी यही अवधिमा देशभरका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरबाट एक हजार १७३ जना डिस्चार्ज भएका छन् । सोही अवधिमा देशभर कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ ।
सोमबार देशभर एक हजार १७० कोरोना भाइरस संक्रमित थपिएका थिए । सोही अवधिमा देशभरबाट ९७९ जना डिस्चार्ज भएका थिए भने १५ जना संक्रमितको मृत्यु भएको थियो ।
मंगलबार कोरोना भाइरसका एक हजार ४५९ संक्रमित फेला परेका थिए भने एक हजार ६२ जना डिस्चार्ज भएका थिए । सोही अवधिमा देशभर कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको थियो ।
बुधबार देशभर कोरोना भाइरसबाट एक हजार ५३९ संक्रमित थपिएका छन् । त्यसैगरी सोही अवधिमा एक हजार ६८ जना डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु छ ।
बिहीबार देशभर एक हजार २४६ कोरोना संक्रमित थपिए भने एक हजार २४३ कोरोना संक्रमितको उपचारपछि विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी सोही अवधिमार चार जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
रास्वपाकाे सचिवालयको बैठक बस्दै
काठमाडौं । विभिन्न समसामयिक विषयमा छलफल गर्नका लागि आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ ।सो पार्टीका...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
सदैव राष्ट्र र राष्ट्रिय एकताको पक्षमा : अध्यक्ष रामेश्वर थापा,अन्नपूर्ण मिडिया नेटवर्क
- अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको प्रमुख प्रकाशन अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका लागि आजको दिन ऐतिहासिक हो। यो प्रकाशन आजबाट २५ वर्ष...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
चीन–नेपाल सुरक्षा सहकार्यमा जोड
काठमाडौं । नेपालका लागि चीनका राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा जोड दिँदै त्यसलाई अझ सुदृढ बनाउन हरसम्भव प्रयत्न गर्ने...












