आइपीएल : चेन्नईलाई हराउँदै दिल्ली शीर्ष स्थानमा
काठमाडाैँ । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्सले लगातार दोस्रो जित हात पारेको छ।
शुक्रबार राति भएको खेलमा चेन्नई सुपरकिंग्सलाई ४४ रनले पराजित गर्दै दिल्ली लिगको शीर्ष स्थानमा उक्लिएको हो। यता, महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नइको प्रतियोगितामा लगातार दोस्रो हार हो।
दिल्लीसँग पनि हार ब्यहोरेपछि चेन्नई यतिखेर तालिकाको पाचौं स्थानमा झरेको छ। दिल्लीले दिएको १७६ रनको लक्ष्य पछ्याएको चेन्नइले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३१ रन मात्रै बनाउन सक्यो। उसका लागि फाप डुप्लिसिसले सर्वाधिक ४३ रन बनाए। दिल्लीका लागि कागिसो राबाडाले तीन विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित ओभरमा ३ विकेट गुमाएर १७५ रन जोडेको थियो। बलियो शुरूवात गरेको दिल्लीका लागि शिखर धवन र पृथ्वी शाले पहिले विकेटका लागि ९४ रनको साझेदारी गरेका थिए। शिखर धवन २७ बलमा ३५ रन बनाउँदै आउट भए। टिमको स्कोर १०३ रन पुग्दा पृथ्वी पनि व्यक्तिगत अर्धशतकीय पारी खेलेर ६४ रन बनाउँदै पेभेलियन फर्किए।
त्यसपछि विकेटकिपर व्याट्स्म्यान ऋषभ पन्त र कप्तान श्रीयस ऐयरले ५८ रनको साझेदारी गरे। टिमको स्कोर १६१ रन हुँदा ऐयर २६ रन बनाएर आउट भए। ऋषभ पन्त ३७ रनमा नटआउट रहे। चेन्नाईका पिउस चावलाले दिल्लीको २ विकेट लिए। शनिवार कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादबीच प्रतिष्पर्धा हुनेछ।
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












