प्रसूति गृहमा एक महिलाले जन्माइन् पाँच शिशु
काठमाडौँ । थापाथलीस्थित प्रसूति गृहमा २८ वर्षिया सोनिका तामाङले पाँच शिशु जन्माएकी छिन् ।
नुवाकोटकी उनको गर्भबाट सोमबार बिहान शल्यक्रिया गरी ५ शिशु निकालिएको हो ।
गर्भको आठ महिनामै सुत्केरी बेथा लागेपछि उनको आकिस्मक शल्यक्रिया गर्नु परेको शल्यक्रियामा संलग्न चिकित्सक डा. कीर्तिपाल सुवेदीले बताए । ‘भर्ना हुँदा पेटमा चारवटा बच्चा छ एउटा मृत छ भनेर आउनु भएको थियो । शल्यक्रिया गर्दामात्रै ५ वटा शिशु भएको थाहा भयो,’ उनले भने, ‘हामी पनि छक्क पर्यौं, पछिल्लो बच्चाको तौल निकै कम छ ।’ मृत शिशुका कारण अन्य जीवित शिशुलाई असर गर्ला भनेर महिलालाई एक महिनाअघि देखि नै अस्पताल भर्ना गरेर निगरानीमा राखिएको थियो ।
उनका अनुसार मृत शिशुबाट निस्कने खराब रसायन (डीआईसी)ले अन्य शिशुको वृद्धि-विकासमा असर गर्ने या मृत्यु नै गराइदिने जोखिम थियो ।
गर्भको नौ महिना पुगेपछि शल्यक्रिया गरी सुत्केरी गराउने योजना थियो तर सोमबार बिहान उनलाई बेथा लाग्यो । चिकित्सकले तुरुन्तै शल्यक्रिया गरी सुत्केरी गराए । जन्मिएका सबै शिशु छोरी हुन् भने मृत छोरा थिए । उनको तौल सामान्य (२.३ केजी) भन्दा कम छ । शिशुहरुको तौल १.८, १.९, १.६ र ८०० ग्रामका छन् । जीवित जन्मिएकामध्ये तीन शिशुलाई अहिले अर्ब्जभेसनका लागि वार्डमा राखिएको छ भने कम तौल भएकालाई भने एनआईसीयू राखेर उपचार गरिएको डा. सुवेदीले बताए ।
‘एउटै पाठेघरमा पाँचजना बच्चा हुनु र आठ महिनामै जन्मिएको हिसाबले तौल ठिकै मान्नुपर्छ,’ डा. सुवेदीले भने । आमाको स्वास्थ्य समान्य छ । अत्यधिक रक्तश्राब या पाठेघर नै निकाल्नुपर्ने जस्ता जोखिम हुन सक्ने भएकाले सुत्केरीलाई केही दिन निगरानीमा राखिने उनले बताए ।
एकैपटक चार सन्तान प्राप्त हुँदा बुबा हरिकुमार तामाङको अनुहारमा हर्ष र चिन्ता दुवै देखिन्थ्यो । सोमबार दिउँसो अस्पताल पुग्दा उनी श्रीमतीको लागि खाना र औषधिका लागि दौडधुप गरिरहेका थिए । ‘पेटमै एउटा मरेको भनेर सुन्दा नरमाइलो लागेको थियो अहिले चारजना जिउँदो छन्, खुशी छु,’ उनले भने, ‘केही दिन आमा र बच्चा दुवैलाई खतरा छ रे, डर पनि लागेको छ ।’
विवाह भएको नौ वर्षपछि मात्रै यी दम्पतीले सन्तान जन्माएका हुन् । बीचमा गर्भ रहे पनि दुईपटक खेर गएको उनले सुनाए । अब सन्तान नै हुन्छ भनेर आशा मारिसकेका उनी दिनैभर आफन्तसँग अस्पताल प्रांगणमा खुशी व्यक्त गरिरहेका थिए ।
गर्भ बसेको १२ हप्तामा भिडियो एक्सरे गर्दा चारवटा शिशु छन् भनेर थाहा पाएपछि दम्पती काठमाडौं आएर बसेका थिए । चारवटा शिशु जन्माउन कुन अस्पताल जाने, कुन चिकित्सक छान्ने भनेर उनी यो बीचमा धेरै आत्तिएको बताए । ‘आफन्तले प्राइभेट अस्पतालमा सुत्केरी गराउँदा लाखौं खर्च हुन्छ भने । कसैले सरकारीमा लापरबाही हुन्छ भनिदिए,’ उनले भने, ‘धेरै अस्पताल धाएरै सोधें, विशेषज्ञहरु भरपर्दा हुन्छन् र खर्च पनि धेरै लाग्दैन भनेर प्रसूति गृहमा ल्याएँ ।’
यसअघि नेपालमा महिलाले एकैपटक चार जनासम्म शिशु जन्माएको सुनिएको थियो । ‘धेरै पहिले हाम्रै अस्पतालमा एक महिलाले ५ वटा शिशु जन्माएको भनेर दावी छ तर त्यसको कुनै रेकर्ड भेटाएको छैन,’ डा. सुवेदीले भने, ‘मेडिकल साइन्सले पनि यस्तो घटना विश्वमै दुर्लभ मानेको छ, आफ्नो चिकित्सा अभ्यासमा यस्तो दुर्लभ खाले अभ्यास गर्न पाउँदा खुशी लागेको छ ।’
उनका अनुसार गर्भमा एकभन्दा बढी शिशु हुनुमा आइभीएफ (कृतिम गर्भाधान) का विधि अपनाउनु प्रमुख कारण हो तर यो दम्पतीले यस्तो कुनै विधि नपनाई गर्भ रहेको दावी गरेका छन् ।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
रास्वपाकाे सचिवालयको बैठक बस्दै
काठमाडौं । विभिन्न समसामयिक विषयमा छलफल गर्नका लागि आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ ।सो पार्टीका...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
सदैव राष्ट्र र राष्ट्रिय एकताको पक्षमा : अध्यक्ष रामेश्वर थापा,अन्नपूर्ण मिडिया नेटवर्क
- अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको प्रमुख प्रकाशन अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका लागि आजको दिन ऐतिहासिक हो। यो प्रकाशन आजबाट २५ वर्ष...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
चीन–नेपाल सुरक्षा सहकार्यमा जोड
काठमाडौं । नेपालका लागि चीनका राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा जोड दिँदै त्यसलाई अझ सुदृढ बनाउन हरसम्भव प्रयत्न गर्ने...












