देउवाले नै बुटवल अन्तिम राजधानी भन्नुभएको थिएन : मुख्यमन्त्री पोखरेल
काठमाडौं । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले अस्थायी राजधानी तोक्ने तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नै बुटवल अन्तिम राजधानी नभएको बताएको दाबी गरेका छन्।
प्रदेशसभामा प्रदेश राजधानीको नाम र स्थायी राजधानीको विषयमा जवाफ दिने क्रममा मुख्यमन्त्री पोखरेलले कहीँ कतै सभापति देउवाले बुटवल अन्तिम राजधानी नभनेको दाबी गरेका हुन्। ‘बुटवल अस्थायी राजधानी हो स्थायी राजधानी तोक्ने अधिकार त प्रदेश सरकारलाई नै छ,’ देउवाले बुटवल आउँदा या त्यस क्षेत्रका विभिन्न कार्यक्रममा भनेको दाबी गर्दै मुख्यमन्त्रीले भने।
उनले देउवाले उक्त भनाई पटक-पटक भनेको र आफूसँग रेकर्ड सुरक्षित रहेको पनि बताए। प्रदेश ५ को राजधानी दाङको देउखुरी र नाम लुम्बिनी प्रस्ताव गरिएको छ। नामको विषयमा कुनै विवाद देखिएको छैन। स्थायी राजधानीको विषयमा भने सत्तापक्षकै केही सांसद र प्रतिपक्षी सांसदले विरोध गरिरहेका छन्।
‘नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले प्रदेशको अस्थायी राजधानी तोक्ने काम गर्नुभयो। त्यसपछि प्रदेश ५ का जिल्ला आउँदा उहाँले हरेक सभामा भनेका भनाइ मलाई सम्झना छ,’ उनले भने, ‘उहाँले अस्थायी राजधानी न तोकेको हो। स्थायी तोक्ने अधिकार प्रदेशसभामा छ भन्नुभएको थियो, रेकर्ड सुरक्षित छ।’
उनले प्रदेशको राजधानी कहाँ बनाउने नभई प्रदेश कस्तो बनाउने भनेर सोच्न उनले सबैलाई आग्रह पनि गरे। देउवाले बुटवललाई वैज्ञानिक हिसाबले सही छ भनेर नभनेको पनि दाबी गरे। ‘त्यसबेला उहाँले के भन्नु भएन भने वैज्ञानिक ढंगले हामीले राजधानी टुंगो लगाएका छौं यो नै अन्तिम हो भनेर कहीँ भन्नुभएको छैन,’ मुख्यमन्त्री पोखरेलले भने। बुटवललाई आर्थिक राजधानी बनाइने पनि आश्वासन दिए।
Comments
अरु समाचार
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...
-
बडादसैँको दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरिँदै
काठमाडौँ । बडादसैँको दोस्रो दिन सोमबार नवदुर्गामध्ये माता ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै छ । ब्रह्मचारिणीको अर्थ ‘ब्रह्ममा लीन भएकी वा...












