देउवाले नै बुटवल अन्तिम राजधानी भन्नुभएको थिएन : मुख्यमन्त्री पोखरेल
काठमाडौं । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले अस्थायी राजधानी तोक्ने तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नै बुटवल अन्तिम राजधानी नभएको बताएको दाबी गरेका छन्।
प्रदेशसभामा प्रदेश राजधानीको नाम र स्थायी राजधानीको विषयमा जवाफ दिने क्रममा मुख्यमन्त्री पोखरेलले कहीँ कतै सभापति देउवाले बुटवल अन्तिम राजधानी नभनेको दाबी गरेका हुन्। ‘बुटवल अस्थायी राजधानी हो स्थायी राजधानी तोक्ने अधिकार त प्रदेश सरकारलाई नै छ,’ देउवाले बुटवल आउँदा या त्यस क्षेत्रका विभिन्न कार्यक्रममा भनेको दाबी गर्दै मुख्यमन्त्रीले भने।
उनले देउवाले उक्त भनाई पटक-पटक भनेको र आफूसँग रेकर्ड सुरक्षित रहेको पनि बताए। प्रदेश ५ को राजधानी दाङको देउखुरी र नाम लुम्बिनी प्रस्ताव गरिएको छ। नामको विषयमा कुनै विवाद देखिएको छैन। स्थायी राजधानीको विषयमा भने सत्तापक्षकै केही सांसद र प्रतिपक्षी सांसदले विरोध गरिरहेका छन्।
‘नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले प्रदेशको अस्थायी राजधानी तोक्ने काम गर्नुभयो। त्यसपछि प्रदेश ५ का जिल्ला आउँदा उहाँले हरेक सभामा भनेका भनाइ मलाई सम्झना छ,’ उनले भने, ‘उहाँले अस्थायी राजधानी न तोकेको हो। स्थायी तोक्ने अधिकार प्रदेशसभामा छ भन्नुभएको थियो, रेकर्ड सुरक्षित छ।’
उनले प्रदेशको राजधानी कहाँ बनाउने नभई प्रदेश कस्तो बनाउने भनेर सोच्न उनले सबैलाई आग्रह पनि गरे। देउवाले बुटवललाई वैज्ञानिक हिसाबले सही छ भनेर नभनेको पनि दाबी गरे। ‘त्यसबेला उहाँले के भन्नु भएन भने वैज्ञानिक ढंगले हामीले राजधानी टुंगो लगाएका छौं यो नै अन्तिम हो भनेर कहीँ भन्नुभएको छैन,’ मुख्यमन्त्री पोखरेलले भने। बुटवललाई आर्थिक राजधानी बनाइने पनि आश्वासन दिए।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












