सरकार र डा. केसीका प्रतिनिधिबीच शिक्षा मन्त्रालयमा वार्ता सुरु
काठमाडाैँ । सरकार र आमरण अनशनरत डा. गोविन्द केसीका प्रतिनिधिबीच वार्ता सुरु भएको छ।
डा. केसीको मागको विषयमा छलफल गर्न सरकारी वार्ता टोली र केसीका प्रतिनिधिहरुबीच बिहीबार बिहान १०.३० बजेदेखि वार्ता शुरु भएको हो।
शिक्षा मन्त्रालयमा जारी वार्तामा सरकारी वार्ता टोलीको नेतृत्व शिक्षा सचिव गोपीनाथ मैनाली गरेका छन् भने केसीको प्रतिनिधिकहरुको नेतृत्व डा. जीवन क्षेत्रीले गरेका छन्।
डा. केसीका तर्फबाट ‘सोलिडारिटी फर डा. केसी अलायन्स’ का क्षेत्रीको टोलीमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा. अन्जनीकुमार झा, नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की र अधिवक्ता ओमप्रकाश अर्याल सदस्य छन्।
मैनाली नेतृत्वको सरकारी वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा दीलिप शर्मा सदस्य रहेका छन्।
Comments
अरु समाचार
-
एफवान सफ्ट कम्पनीको बैंक खाताबाट ह्याकरले ३ करोड ५१ लाख चोर्याे
काठमाडौं । एफवान सफ्ट कम्पनीको बैंक खाताबाट ह्याकरले ३ करोड ५१ लाख ५० हजार ३०० रुपैयाँ चोरी गरेको छ ।...
-
प्रेसमाथि अङ्कुश लाग्ने कानुन बन्न नदिने सभामुखको प्रतिबद्धता
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रेसमाथि अङ्कुश लगाउने कानुन बन्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित...
-
वीर अस्पताल र नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सात वर्षपछि छुट्याउने सहमति
काठमाडौं । प्रतिनिधिसभा कानुन, न्याय तथा मानव अधिकार समितिमा वीर अस्पताल र नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सात वर्षपछि छुट्याउने विषयमा...
-
मोटरसाइकल दुर्घटनामा प्रहरी जवान चौधरीको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटना परी वडा प्रहरी कार्यालय लमही, दाङमा कार्यरत प्रहरी जवान गणेश चौधरीको मृत्यु भएको छ । ट्रकमा...
-
पाकिस्तानमा राजनीतिक विवाद समाधान गर्न सत्तारूढ दल र विपक्षीबीच वार्ता
काठमाडौं । पाकिस्तान तहरीक–ए–केमा (पीटीआई) र सरकारबीच देशमा राजनीतिक तनाव कम गर्ने उद्देश्यले इस्लामाबादको संसद भवनमा वार्ता प्रक्रिया सुरु भएको...
-
टर्कीएमा कारखानामा विस्फोट हुँदा १२ जनाको मृत्यु
काठमाडौं । टर्कीएको उत्तरपश्चिममा मङ्गलबार भएको शक्तिशाली विस्फोटमा परी १२ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको स्थानीय...
-
म्यानमारबाट पाँच जना नेपालीको उद्धार
काठमाडौं । आकर्षक जागिरको प्रलोभन देखाएर म्यानमार पुर्याइएका पाँच जना नेपालीको उद्धार भएको छ । ती नेपालीलाई थाइल्याण्ड हुँदै नेपाल...
-
सार्कलाई सक्रिय बनाउन आबद्ध मुलुकको भूमिका आवश्यक : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीले मङ्गलबार शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री...
-
कैलालीमा तीन लाख २४ हजार मेट्रिकटन धान उत्पादन
काठमाडौं । कैलालीमा यस वर्ष तीन लाख २४ हजार आठ सय ८४ मेट्रिकटन बर्खे धान उत्पादन भएको छ । जिल्लास्थित...