वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने ३५ स्वास्थ्य संस्थाको सूचीकरण खारेज
काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्दै आएका ३५ वटा स्वास्थ्य संस्थालाई सूचीकरणबाट हटाएको छ।
नियमानुसार धरौटी नबुझाएकाले ती संस्थाको सूचीकरण खारेज गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।
वैदेशिक रोजगार नियमावली २०६४ को नियम ४५ (क)को उपनियम ६ र ७ बमोजिम वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न ५ लाख धरौटी राख्नुपर्छ। २०७६ भदौ १ अघि मन्त्रालयमा सूचीकरण भइसकेका ती स्वास्थ्य संस्थाले तीन महिनाभित्र बाँकी २ लाख रुपैयाँ वैदेशिक रोजगार विभागमा जम्मा गर्न नसकेको मन्त्रालयले जनाएको छ।
निर्धारित समयमा बाँकी धरौटी बुझाउन नसकेको र पेस भएको सफाइसमेत सन्तोषजनक नभएकाले यही असोज २० गतेको मन्त्रीस्तरीय बैठकले खारेज गरेको हो। नियम ४६ बमोजिम विशेषज्ञ समितिको सिफारिसमा खारेज गरिएको सूचनामा उल्लेख छ। वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि २०७२ अनुसार ३५ वटा स्वास्थ्य संस्था खारेजीको सूचना जारी गरिएको मन्त्रालयले जनाएको छ। सूचीकरण खारेजीमा परे पनि जम्मा गरेको धरौटी रकम फिर्ता नलिएको भए फिर्ता पाउने जनाइएको छ।
मन्त्रालयका अनुसार बसुन्धाराको ढोरपाटन मेडिकल सेन्टर, गोंगबुको हेल्पिङ हेल्थ मेडिकल सेन्टर, बालाजुको नेपाल जनस्वास्थ्य केन्द्र र कोटेश्वरको सृजनशील हेल्थ केयर खारेजीमा परेका छन्। सिनामंगलको एमभी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, धनगढीको नवजीवन अस्पताल, धरानको मञ्जुश्री पोलिक्लिनक एन्ड डायग्नोस्टिक सेन्टर, सिनामंगलको हेल्थ केयर डाइग्नोस्टिक, पुरानो बानेश्वरको नमुना मेडिकल सेन्टर, इटहरीको कान्तिपुर मेडिकल सेन्टर, कालिमाटीको रिलिफ हेल्थ केयर खारेजीमा परेका हुन्।
यस्तै, काठमाडौंको भेनस अस्पताल, ललितपुरको गोदावरी मिडसिटी अस्पताल, बुटवलको नेसनल प्याथ ल्याब एन्ड रिसर्च सेन्टर, इटहरी मेडिकल एन्ड स्वास्थ्य उपचार क्लिनिक, अन्नपूर्ण न्युरो अस्पताल, मेघा अस्पताल, मध्यपुर अस्पताल, चितवन मेडिकल कलेज, रामचन्द्र मेमोरियल हेल्थ केयर सेन्टर, समर्पित अस्पताल, ग्रिनसिटी अस्पताल, हेल्पिङ हेन्ड सामुदायिक अस्पतालले अब वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न पाउने छैनन्।
नारायणी सेन्टर डायग्नोस्टिक ल्याबोरेटरी, लालगढ मोडेल अस्पताल, विजयपुर अस्पताल, ओम हस्पिटल एन्ड रिसर्च सेन्टर, न्युरो कार्डियो एन्ड मल्टिस्पेसियलिटी, नोबेल अस्पताल, किस्ट मेडिकल कलेज एन्ड शिक्षण हस्पिटल, म्याक्स इन्टरनेसनल हस्पिटल एन्ड ट्रमा सेन्टर, बीपी स्मृति सामुदायिक सहकारी अस्पताल र सिद्धि पोलिक्निक एन्ड डाइग्नोस्टिक सेन्टरलाई मन्त्रालयले सूचीकरणबाट हटाएको हो।
Comments
अरु समाचार
-
उच्च अदालत जनकपुरमा यसरी सदुपयोग गरियो लगातार तीन दिनको बिदा (फोटोफिचर)
जनकपुर । जनकपुर उच्च अदालतका न्यायाधीश तथा कर्मचारीको तीन दिन बिदाको सदुपयोग देशमै एक उहारणीय भएको छ । कायम मुकायम...
-
देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को...
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर...
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...











