‘योगदान राष्ट्रका लागि’ अभियानको घोषणा
काठमाडौं । ‘योगदान राष्ट्रका लागि’ अभियानको औपचारीक रुपमा घोषणा भएको छ । शुक्रबार काठमाडौंको बसुन्धारा स्थित ड्रिम डाईन रेष्टुरेन्टमा भएको पत्रकार सम्मेलन मार्फत अध्यक्ष ओम उप्रेतीद्वारा ‘योगदान राष्ट्रका लागि’ अभियानको औपचारीक रुपमा घोषणा भएको हो ।
विगत देखीनै नेपालका विभिन्न जिल्लामा प्रथामिक उपचारको तालिम दिंदै आएको अभियानले विभिन्न खालका सामाजिक कार्यबाट समग्र मुलुककै लागि योगदान दिन सकिन्छ भन्ने उद्देश्यका साथ स्थापना भएको अभियानले कानुनी प्रक्रिया पुरागरि औपचारिक रुपमा सामाजिक कार्यको शुरुवात गरेको छ ।
व्यक्तिगत खर्चमा विभिन्न जिल्लामा निःशुल्क प्रथामिक उपचार तलिमको प्रशिक्षण दिंदै आएका उप्रेतीले योगदान राष्ट्रका लागि अभियानले आगामी दिनमा मूलुकका सबै जिल्ला तथा स्थानीय तहका नागरीकलाई समेत प्रथामिक उपचार तालिममा दक्ष बनाउने तथा आकश्मिक दुर्घटनमा परी ज्यान गुमाउनु पर्ने परिस्थितिको अन्त्य गर्ने अध्यक्ष उप्रेतीले बताए ।
‘योगदान राष्ट्रका लागि’ अभियानका केन्द्रीय अध्यक्ष ओम उप्रेतीले युएईमा सिकेको ज्ञान र सिपलाई नेपालभर फैलाउने तथा यसै मार्फत समाज र राष्ट्रसेवा गर्ने उद्देश्य लिएर नेपालका ४६ जिल्लामा प्राथमिक उपचारको अभियान सञ्चालन गरिसकेका छन् ।
‘योगदान राष्ट्रका लागि’ अभियानले छोटो समयमै केन्द्र, प्रदेश, जिल्ला र केही स्थानीय तहमा समेत समिति गठन गरी सक्रिय रुपमा अगाडी बढाएको छ । कार्यक्रममा संस्थाका सल्लाहकार सबै प्रदेशका संयोजक, जिल्ला संयोजकहरु, संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गरिने
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












