सडकमा डुल्ने कुकुरको बन्ध्याकरण गर्दै हार्ट नेपाल
काठमाडाैँ । सडकमा भौतारिरहेका कुकुरले हैरान पारेको भन्दै धेरै ठाउँहरूमा खानेकुरामा विष मिसाएर मार्ने गरिन्छ।
सडकमा अलपत्र हुँदै डुल्दै गरेका सामुदायिक कुकुरलाई रेबिजविरुद्धको खोप नदिँदा कुकुरको टोकाइबाट नागरिक जोखिममा परेको कारण मार्ने गरेको नागरिकको भनाइ छ। तर, जनावरको उद्धार तथा संरक्षणको क्षेत्रमा काम गर्दै आएको हिमालयन एनिमल रेस्क्यु ट्रस्ट (हार्ट) नेपालले कुकुरलाई मार्नु हुँदैन र यिनीहरूको संख्या पनि नियन्त्रण हुनुपर्छ भन्दै कास्कीको पोखरा महानगरपालिकाभित्र रहेका सडकमा देखिने सामुदायिक कुकुरहरूको बन्ध्याकरणलाई निरन्तरता गर्दै आएको छ।
हार्ट नेपालका संयोजक खगेश्वर शर्माका अनुसार कुकुरहरूको संख्या कम गरी रेबिज नियन्त्रण गर्न र पशुको बाँच्न पाउने अधिकारलाई संरक्षण गर्न पोथी कुकुरको बन्ध्याकरण गर्न हार्ट नेपाल लागिपरेको छ। ‘हामी मान्छेमा बाँच्न पाउने अधिकार भए जस्तै पशुपक्षीको पनि बाँच्न पाउने अधिकार छ। बेवारिसे कुकुरहरूका कारण रेबिजको जोखिम छ। तर मारेर समस्या समाधान गर्न खोज्नु भन्दा तिनीहरूलाई बचाएरै हामी सुरक्षित हुनुपर्छ। कसैको पनि अधिकार हनन हुनुहुँदैन,’ उनले भने, ‘यही कारण हामीले सडकमा बेवारिसे अवस्थामा हिँडिरहेका पोथी कुकुरहरूलाई लगेर स्थायी बन्ध्याकरण गरेर छोड्ने गरेका छौँ।
यसले कुकुरको संख्या न्यूनीकरण गर्छ, बाँच्न पाउने अधिकार सुनिश्चित पनि गर्छ।’ पाँच वर्ष अगाडि चितवनमा इन्जेक्सनको माध्यमबाट कुकुरको बन्ध्याकरण गर्ने प्रयास गरिएको भए पनि त्यो खोपले काम नगरेका कारण अहिलेसम्म शल्यक्रियाको माध्यमबाटै बन्ध्याकरण गर्ने गरिएको हार्ट नेपालले बताएको छ। हार्ट नेपालले पोखरा महानगरपालिका र चितवनको भरतपुर महानगरपालिकामा निरन्तर काम गरिरहेको तथा देशका अन्य ठूला सहरमा वर्षमा एक पटक पुगेर काम गर्ने गरेको संयोजक शर्माले बताए। संस्थाले १० वर्षको अवधिमा विभिन्न ठाउँमा गरेर २२ हजारभन्दा धेरै कुकुरको बन्ध्याकरण गरेको र ३५ हजारभन्दा बढीमा रेबिजविरुद्धको खोप लगाइसकेको छ।
काठमाडौंमा रहेर पशु अधिकारको क्षेत्रमा काम गर्ने संस्थाहरू भएको भए पनि अन्य सहरमा त्यस्ता संस्था नभएकाले सन् २०१० मा पोखरामा हार्ट नेपालले सेवा सुरु गरेको हो। कोरोना संक्रमणको जोखिमका कारण कर्मचारीको उपलब्धता र आवश्यक सामग्रीको अभावमा गत चैत यता बन्ध्याकरणको काम रोकिएकोमा पुनः काम सुरु भएको र अबको १० दिनमा कम्तीमा पनि पोखराका ५० वटा कुकुरको बन्ध्याकरण गरिसक्ने लक्ष्य राखिएको पनि शर्माले बताए।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
रास्वपाकाे सचिवालयको बैठक बस्दै
काठमाडौं । विभिन्न समसामयिक विषयमा छलफल गर्नका लागि आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ ।सो पार्टीका...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
सदैव राष्ट्र र राष्ट्रिय एकताको पक्षमा : अध्यक्ष रामेश्वर थापा,अन्नपूर्ण मिडिया नेटवर्क
- अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको प्रमुख प्रकाशन अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका लागि आजको दिन ऐतिहासिक हो। यो प्रकाशन आजबाट २५ वर्ष...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
चीन–नेपाल सुरक्षा सहकार्यमा जोड
काठमाडौं । नेपालका लागि चीनका राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा जोड दिँदै त्यसलाई अझ सुदृढ बनाउन हरसम्भव प्रयत्न गर्ने...












