सडकमा डुल्ने कुकुरको बन्ध्याकरण गर्दै हार्ट नेपाल
काठमाडाैँ । सडकमा भौतारिरहेका कुकुरले हैरान पारेको भन्दै धेरै ठाउँहरूमा खानेकुरामा विष मिसाएर मार्ने गरिन्छ।
सडकमा अलपत्र हुँदै डुल्दै गरेका सामुदायिक कुकुरलाई रेबिजविरुद्धको खोप नदिँदा कुकुरको टोकाइबाट नागरिक जोखिममा परेको कारण मार्ने गरेको नागरिकको भनाइ छ। तर, जनावरको उद्धार तथा संरक्षणको क्षेत्रमा काम गर्दै आएको हिमालयन एनिमल रेस्क्यु ट्रस्ट (हार्ट) नेपालले कुकुरलाई मार्नु हुँदैन र यिनीहरूको संख्या पनि नियन्त्रण हुनुपर्छ भन्दै कास्कीको पोखरा महानगरपालिकाभित्र रहेका सडकमा देखिने सामुदायिक कुकुरहरूको बन्ध्याकरणलाई निरन्तरता गर्दै आएको छ।
हार्ट नेपालका संयोजक खगेश्वर शर्माका अनुसार कुकुरहरूको संख्या कम गरी रेबिज नियन्त्रण गर्न र पशुको बाँच्न पाउने अधिकारलाई संरक्षण गर्न पोथी कुकुरको बन्ध्याकरण गर्न हार्ट नेपाल लागिपरेको छ। ‘हामी मान्छेमा बाँच्न पाउने अधिकार भए जस्तै पशुपक्षीको पनि बाँच्न पाउने अधिकार छ। बेवारिसे कुकुरहरूका कारण रेबिजको जोखिम छ। तर मारेर समस्या समाधान गर्न खोज्नु भन्दा तिनीहरूलाई बचाएरै हामी सुरक्षित हुनुपर्छ। कसैको पनि अधिकार हनन हुनुहुँदैन,’ उनले भने, ‘यही कारण हामीले सडकमा बेवारिसे अवस्थामा हिँडिरहेका पोथी कुकुरहरूलाई लगेर स्थायी बन्ध्याकरण गरेर छोड्ने गरेका छौँ।
यसले कुकुरको संख्या न्यूनीकरण गर्छ, बाँच्न पाउने अधिकार सुनिश्चित पनि गर्छ।’ पाँच वर्ष अगाडि चितवनमा इन्जेक्सनको माध्यमबाट कुकुरको बन्ध्याकरण गर्ने प्रयास गरिएको भए पनि त्यो खोपले काम नगरेका कारण अहिलेसम्म शल्यक्रियाको माध्यमबाटै बन्ध्याकरण गर्ने गरिएको हार्ट नेपालले बताएको छ। हार्ट नेपालले पोखरा महानगरपालिका र चितवनको भरतपुर महानगरपालिकामा निरन्तर काम गरिरहेको तथा देशका अन्य ठूला सहरमा वर्षमा एक पटक पुगेर काम गर्ने गरेको संयोजक शर्माले बताए। संस्थाले १० वर्षको अवधिमा विभिन्न ठाउँमा गरेर २२ हजारभन्दा धेरै कुकुरको बन्ध्याकरण गरेको र ३५ हजारभन्दा बढीमा रेबिजविरुद्धको खोप लगाइसकेको छ।
काठमाडौंमा रहेर पशु अधिकारको क्षेत्रमा काम गर्ने संस्थाहरू भएको भए पनि अन्य सहरमा त्यस्ता संस्था नभएकाले सन् २०१० मा पोखरामा हार्ट नेपालले सेवा सुरु गरेको हो। कोरोना संक्रमणको जोखिमका कारण कर्मचारीको उपलब्धता र आवश्यक सामग्रीको अभावमा गत चैत यता बन्ध्याकरणको काम रोकिएकोमा पुनः काम सुरु भएको र अबको १० दिनमा कम्तीमा पनि पोखराका ५० वटा कुकुरको बन्ध्याकरण गरिसक्ने लक्ष्य राखिएको पनि शर्माले बताए।
Comments
अरु समाचार
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...
-
बडादसैँको दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरिँदै
काठमाडौँ । बडादसैँको दोस्रो दिन सोमबार नवदुर्गामध्ये माता ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै छ । ब्रह्मचारिणीको अर्थ ‘ब्रह्ममा लीन भएकी वा...












