सरकारले थाल्यो नयाँ विधिबाट कोरोना परीक्षण, तुरुन्तै नतिजा थाहा पाइने
काठमाडाैँ । सरकारले नयाँ विधिबाट कोरोना परीक्षण सुरु गरेको छ।
इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेका अनुसार तुरुन्तै नतिजा आउने तथा फिल्डमै धेरै जनाको परीक्षण गर्न सकिने विधि एन्टिजेन जाँच सुरु गरिएकाे हो।
अनामनगरलगायत काठमाडौंका चार-पाँच ठाउँमा अहिले बिहान यो परीक्षण सुरु गरिएको उनले जानकारी दिए।
‘डब्लूएचओकै सहयोगमा सञ्चालन गरिएको यो निःशुल्क परीक्षण अभियान हो,’ डा. पाण्डेले साेमबार बिहान नेपालखबरसँग भने, ‘सुरुमा एन्टिजेन परीक्षण उपत्यकाबाट थालेका हौं।’
यो विधिका लागि स्वाब नै आवश्यक पर्ने तर आधा घण्टाभित्रमै नतिजा आउने उनले बताए। यसको ‘सेन्सिटिभिटी’ पीसीआर विधिकाे भन्दा राम्रो रहेकाले यो परीक्षण विश्वसनीय रहेको उनको दाबी छ।
उपत्यकामा प्रभावकारी देखिए यो परीक्षण अभियान देशभर सञ्चलान गरिने डा. पाण्डेले जानकारी दिए।
उनका अनुसार काठमाडौं उपत्यकामा अब हरेक दिन ५ सय जनाको एन्टिजेन विधिबाट कोरोना परिक्षण गरिनेछ।
काठमाडौं महानगरपालिकाका वडा नम्बर ४, ७ र ९ मा आज एन्टिजेन परिक्षण सुरु गरिएको उनले जानकारी दिए।
उनका अनुसार महानगरपालिकाका जोखिमयुक्त स्थान गौरीघाट, चाबहिल, विशालनगर, धुम्बाराही, बत्तीसपुतली र मित्रपार्कमा एन्टिजेन परीक्षण सुरु गरिएको हो।
एन्टिजेन परीक्षण कस्ताे हो ?
यो छिटो छरितो रूपमा कोरोना भाइरस पत्ता लगाउने एउटा विधि हो। यसका लागि पनि नाक र घाँटीबाट स्वाब लिनुपर्छ। तर कुनै प्रयोगशाला वा विशेष उपकरण चाहिँदैन। फिल्डमै गर्न सकिन्छ।
डा. पाण्डेका अनुसार सानो थर्मोमिटर भन्दा अलि मोटो लाम्चो र्यापिड एन्टिजेन किटमा एक थोपा स्वाब राख्दा लाइन आयो भने व्यक्तिमा कारोनो संक्रमित छ भन्ने भन्ने थाहा हुन्छ।
पीसीआर परीक्षण गर्दा नतिजा थाहा पाउन ४८ देखि ७२ घण्टासम्म लाग्छ भने यसबाट करिब आधा घण्टामै थाहा पाउन सकिने डा. पाण्डेको भनाइ छ।
Comments
अरु समाचार
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...
-
बडादसैँको दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरिँदै
काठमाडौँ । बडादसैँको दोस्रो दिन सोमबार नवदुर्गामध्ये माता ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै छ । ब्रह्मचारिणीको अर्थ ‘ब्रह्ममा लीन भएकी वा...












