कोरोना संक्रमितलाई सुरक्षित बोक्न आविष्कार केन्द्रले बनायो ‘आइसोलेसन च्याम्बर’
काठमाडौं। राष्ट्रिय आविष्कार केन्द्रले कोरोना भाइरस संक्रमितलाई एक ठाउँबाट अर्को ठाउँ सुरक्षित रुपमा लैजान मिल्ने ‘आइसोलेसन च्याम्बर’ तयार पारेको छ ।
अन्तर्राष्ट्रिय बजारको मूल्यभन्दा निकै सस्तोमा आइसोलेसन च्याम्बर तयार पारेको आविष्कार केन्द्रले दाबी गरेको छ ।
केन्द्रका अध्यक्ष समेत रहेका महावीर पुनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राष्ट्रिय आविष्कार केन्द्रमा बनेको हेलिकप्टरमा कोरोनाको बिरामी बोक्ने Manang Air ले लगेको Isolation Chamber. दुई वटा कम्पनीले मात्र त्यसको स्वीकृति पाएछन । अनुमति पाउने अर्को कम्पनी Kailash Air ले China बाट ल्याएको सो च्याम्बर ३ लाख रुपैंया जति परेछ । हाम्रो ८० हजार मात्र पर्यो ।’
राष्ट्रिय आविष्कार केन्द्रमै विभिन्न प्रोजेक्टका लागि खटिएका बायोमेडिकल, इलेक्ट्रोनिकल तथा मेकानिकल इंजिनियरहरुको टिमले उक्त च्याम्बर परियोजना सम्पन्न गरेको उनले जनाए ।
आविष्कार केन्द्रले नेपालमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि विभन्न उपकरण तथा सामग्री निर्रमाण गर्दै आएको छ ।
यसअघि केन्द्रले पीपीई, मास्क, भाइजर लगायतका सामग्री तयार पारी विभिन्न संघ संस्था तथा स्वास्थ्यकर्मीलाई उपलब्ध गराएको थियो ।
आविष्कार केन्द्रका अध्यक्ष पुनले ट्वीटरमा यस्तो लेखेका छन्-
राष्ट्रिय आविष्कार केन्द्रमा बनेको हेलिकप्टरमा कोरोनाको बिरामी बोक्ने Manang Air ले लगेको Isolation Chamber. दुई ओटा कम्पनीले मात्र त्यसको स्वीकृति पाएछन. अनुमति पाउने अर्को कम्पनी Kailash Air ले China बाट ल्याएको सो च्याम्बर ३ लाख रुपैंया जति परेछ. हाम्रो ८० हजार मात्र पर्यो. pic.twitter.com/S6gcVKLKSq
— Mahabir Pun (@MahabirPun) December 12, 2020
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












