चीनबाट तीन लाख डोज कोरोना खोप अनुदान आउदै
काठमाण्डु । चीनले नेपाललाई कोरोनाको खोप उपलब्ध गराउने भएको छ ।
नेपालस्थित चिनियाँ दूतावसले नेपाललाई अनुदानमा ३ लाख डोज खोप उपलब्ध गराउने जानकारी दिएको छ । दूतावासले उक्त खोप एक लाख ५० हजार नेपालीलाई फाइदा पुर्याउने बताएको छ ।
‘चीनमा घरेलु हिसाबले र विश्वभर दुबै खोपको लागि ठूलो मागको बाबजुद चिनियाँ सरकारले खोप प्रदान गर्न नेपाललाई प्राथमिकता दिईरहेको छ’, दूतावासले भनेको छ ।
नेपाल असल छिमेकी मित्र रहेको बताउँदै दूतावासले भूकम्प र महामारी जस्ता चुनौतीहरूको सामना गर्दै दुबै देशहरूले जहिले पनि एक अर्कालाई साथ र सहयोग गरेको स्मरण गरेको छ ।
अनुदानमा दिइएको खोप सिनोफर्मले विकास गरी सकेको दूतावासले जनाएको छ । उक्त खोपले चीनमा स्वीकृति पाइसकेको छ ।
दुई खुराक इनोकुलेसन प्रक्रिया पछि खोपले कोरोनाविरुद्ध ७९.३४ प्रतिशत प्रभावकारी छ । साथै एन्टिबडी विकसित गर्ने सेरोक्रोनस दर ९९.५२ प्रतिशत पुगेको छ ।
हालसम्म खोपले पाकिस्तान, युएई, इजिप्ट, हंगेरी जस्ता देशहरूमा आपतकालिन प्रयोगको लागि अनुमति पाइसकेको छ ।
चिनियाँ दूतावासले आपतकालीन प्रयोग र खोपको प्राप्तीको लागि दर्ता गर्ने सम्बन्धमा नेपाली अधिकारीसँग समन्वय गरिरहेको जनाएको छ ।
‘यो खोप नेपालमा चाँडो भन्दा चाँडो पुर्याउन चाहन्छौं ताकि नेपाललाई कोरोना भाइरस महामारीबिरूद्धको लडाई जित्न सहयोग पुर्याउनेछ ।चिनियाँ पक्ष सबैका लागि स्वास्थ्य समुदाय निर्माण गर्न दुवै पक्षको विकास र समृद्धिको लागि चिरस्थायी मित्रता रहेको सहकार्यको रणनीतिक साझेदारीलाई थप सुदृढ र बढावा दिन नेपाली पक्षसँग मिलेर काम गर्न इच्छुक छ’, दूतावासले भनेको छ ।
Comments
अरु समाचार
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...
-
बडादसैँको दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरिँदै
काठमाडौँ । बडादसैँको दोस्रो दिन सोमबार नवदुर्गामध्ये माता ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै छ । ब्रह्मचारिणीको अर्थ ‘ब्रह्ममा लीन भएकी वा...












