चीनबाट तीन लाख डोज कोरोना खोप अनुदान आउदै
काठमाण्डु । चीनले नेपाललाई कोरोनाको खोप उपलब्ध गराउने भएको छ ।
नेपालस्थित चिनियाँ दूतावसले नेपाललाई अनुदानमा ३ लाख डोज खोप उपलब्ध गराउने जानकारी दिएको छ । दूतावासले उक्त खोप एक लाख ५० हजार नेपालीलाई फाइदा पुर्याउने बताएको छ ।
‘चीनमा घरेलु हिसाबले र विश्वभर दुबै खोपको लागि ठूलो मागको बाबजुद चिनियाँ सरकारले खोप प्रदान गर्न नेपाललाई प्राथमिकता दिईरहेको छ’, दूतावासले भनेको छ ।
नेपाल असल छिमेकी मित्र रहेको बताउँदै दूतावासले भूकम्प र महामारी जस्ता चुनौतीहरूको सामना गर्दै दुबै देशहरूले जहिले पनि एक अर्कालाई साथ र सहयोग गरेको स्मरण गरेको छ ।
अनुदानमा दिइएको खोप सिनोफर्मले विकास गरी सकेको दूतावासले जनाएको छ । उक्त खोपले चीनमा स्वीकृति पाइसकेको छ ।
दुई खुराक इनोकुलेसन प्रक्रिया पछि खोपले कोरोनाविरुद्ध ७९.३४ प्रतिशत प्रभावकारी छ । साथै एन्टिबडी विकसित गर्ने सेरोक्रोनस दर ९९.५२ प्रतिशत पुगेको छ ।
हालसम्म खोपले पाकिस्तान, युएई, इजिप्ट, हंगेरी जस्ता देशहरूमा आपतकालिन प्रयोगको लागि अनुमति पाइसकेको छ ।
चिनियाँ दूतावासले आपतकालीन प्रयोग र खोपको प्राप्तीको लागि दर्ता गर्ने सम्बन्धमा नेपाली अधिकारीसँग समन्वय गरिरहेको जनाएको छ ।
‘यो खोप नेपालमा चाँडो भन्दा चाँडो पुर्याउन चाहन्छौं ताकि नेपाललाई कोरोना भाइरस महामारीबिरूद्धको लडाई जित्न सहयोग पुर्याउनेछ ।चिनियाँ पक्ष सबैका लागि स्वास्थ्य समुदाय निर्माण गर्न दुवै पक्षको विकास र समृद्धिको लागि चिरस्थायी मित्रता रहेको सहकार्यको रणनीतिक साझेदारीलाई थप सुदृढ र बढावा दिन नेपाली पक्षसँग मिलेर काम गर्न इच्छुक छ’, दूतावासले भनेको छ ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












