काठमाडौंका अस्पताल भरिभराउ, आईसीयू र भेन्टिलेटर पाउनै मुस्किल
काठमाडौं। उपत्यकमा कोरोना संक्रमितलाई बेड पाउनै मुस्किल परेको छ।
तीनै जिल्लाका सबै अस्पतालका बेड भरिएसँगै नयाँ विरामीले उपचार नपाउने अवस्थामा आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार उपत्यकाका तीनै जिल्लाका १३ वटा अस्पतालमा ९५६ जनाको उपचार भइरहेको छ।
जसमध्ये ८१८ जनाको आइसोलेनसमा, ९८ जनाको आईसीयूमा र ५२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
‘बिरामी फर्काउन पनि सकिँदैन,’ टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारी भन्छन्, ‘त्यसैले हामीले ३ वटा बेड इर्मेजेन्सी वार्डअगाडि थपेका छौँ । के गर्नु यस्तो बेला त उपचार गर्नै पर्यो नि ।’
उपत्यकामा दैनिक संक्रमितको संख्या बढेसँगै कोभिड अस्पतालहरूमा बेडको संख्या अपुग हुने थालेको छ । अधिकांश अस्पताल संक्रमितले भरिएका छन् ।
डा. सागर भन्छन्, ‘यदि यही अनुपातले बिरामीको संख्या बढ्ने हो भने हामी टेकुको आँगनमा पनि संक्रमितको उपचार गराउनेछौँ ।’
कोभिडको दोस्रो लहर हप्ता दश दिनमा उत्कर्षमा पुग्दानपुग्दै सतुंगलस्थित एपीएफ अस्पताल पूरै कोभिड अस्पतालमा परिणत भइसकेको छ । एपीएफ अस्पतालले बेड क्षमता १४० भए पनि हाल १४५ जना संक्रमितको उपचार गराइरहेको छ । त्यतिमात्रै नभएर शंकास्पद संक्रमितको छुट्टै उपचार गराइरहेको छ ।
यसरी क्षमताभन्दा बढी संक्रमितको उपचार गर्नुपर्ने स्थिति प्रत्येक अस्पतालको नियति बनेको छ । वीर अस्पतालले बुधबार ७६ बेडमा संक्रमितको उपचार गराइराखेकोमा संक्रमितको संख्या बढेसँगै बिहीबार एकैदिन १६ वटा बेड थपेको छ ।
त्यस्तै शिक्षण अस्पताल महाराजगञ्जमा हाल १२२ जना संक्रमितहरूको उपचार भइरहेको छ । टिचिङ अस्पतालका फोकल पर्सन डा. सन्तकुमार दास भन्छन्, ‘बेड संख्या यति उति भन्ने भएन । बिस्तारै हामी नन कोभिडलाई पनि कोभिड वार्ड बनाउँदैछौँ ।’
हाल तीव्र रूपमा कोभिड संक्रमण फैलनेमा नेपाल पहिलो नम्बरमा परेको छ । बिहीबार एकै दिन ४ हजार ३ सय ८१ संक्रमित थपिएका छन् । प्रत्येक दिन संक्रमणको दर बढेसँगै अस्पतालहरूमा भीड बढ्न थालेको छ । डा. सागर भन्छन्, ‘सामान्य रुघा खोकी लागेर कोभिडको डरले मात्रै पनि आउने धेरै जना छन् । उहाँहरूलाई भने हामी परामर्श दिएर पठाइरहेका छौँ ।’
Comments
अरु समाचार
-
रास्वपा महाधिवेशनमा ई–भोटिङ व्यवस्था, विदेशमा रहेका प्रतिनिधिले पनि मतदान गर्न पाउने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी महाधिवेशनमा विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने भएको छ। रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
फिफा विश्वकप फुटबल २०२६: स्कटल्याण्डलाई मोरक्कोले १–० ले हरायो
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...











