कोभिड संक्रमितलाई अब ‘डोर टु डोर’ स्वास्थ्य सेवा दिइन्छ : मन्त्री गुरुङ
काठमाडाैं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले केही दिनभित्रै कोभिड संक्रमितका लागि सरकारले ‘डोर टु डोर’ स्वास्थ्य सेवा सञ्चालन गर्ने बताएका छन्।
छैटौं पत्रकारिता दिवस २०७८ को अवसरमा शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित कार्यक्रममा सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले आफन्त नभएका र सबै परिवार कोभिडबाट संक्रमित भएका परिवारलाई स्वास्थ्य सेवा दिने गरी स्वास्थ्य सेवा सञ्चालन गरिने बताए।
कसैलाई पनि कुनै पनि खाद्यपदार्थ अभाव हुन नदिने गरी स्वास्थ्य जस्तै तरकारीलगायत अत्यावश्यक खाद्यपदार्थको पनि ‘डोर टु डोर’ सेवा सञ्चालन गरिने आश्वासन दिए।
‘परिवार नै कोभिड संक्रमण देखिएको छ। आफन्त छैनन्, सबै आइसोलेसनमा छन् भने हामी डोर टु डोर सेवा दिने मेडिकल टिमसहितको गाडी दौडिने छ। त्यसको नेपाल रेडक्रसले त्यसको संयोजन गर्ने छ,’ उनले भने।
महामारीमा संञ्चारगृहहरुलाई भय र त्रास फैलाउने काम नगर्न पनि उनले सुझाव दिए। मान्छेहरुलाई त्रसित र निरास बनाउने किसिमका समाचार सम्प्रेषण हुने गरेको भन्दै उनले छिट्टै नै मन्त्रालयले सञ्चारगृहहरूलाई गाइडलाइन बनाएर परिपत्र गर्ने तयारी गरिरहेको पनि बताए। त्यसका लागि सबै सञ्चारगृहलाई समावेश गरी मन्त्रालयभित्रै समाचार उत्पादन गर्न एउटा छुट्टै टिम बनाउन लागेको पनि उनले जानकारी दिए।
‘कोभिडबाट सकियो अब केही छैन। अक्सिजन छैन। बेड छैन। सिलिण्डर छैन। आइसियु छैन। बेडबारे अब तपाईंहरुले चिन्ता नगर्नुहोस्। स्वास्थ्य मन्त्रालयले पनि तुरुन्तै अभाव के रह्यो भनेर टेलिफोनहरुको व्यवस्थापन गरेको छ। त्यसमा सम्पर्क गर्ने,’ उनले बताए।
मन्त्रालयले घोषणा गरेको सम्मान तथा पुरस्कारमा सन्तुलन र समावेशी हुन नसक्ने उल्लेख गर्दै कुनै पनि विषय विवादरहित हुन नसक्ने बताए।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












