नेपालमा करिब २५ लाखले लगाए कोरोनाविरुद्धको खोप
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीर कुमार अधिकारीले नेपालमा २५ लाख डोज कोरोना भाइरसविरुद्धको खोप लगाइसकिएको बताएका छन्। सह–प्रवक्ता अधिकारीले नेपालमा करिब २५ लाख जनसंख्याले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको पनि बताए।
खोप लगाउने क्रम जारी रहेको पनि उनको भनाइ छ। नेपालमा हालसम्म ३२ लाख ४८ हजार मात्रा खोप आइसकेको पनि उनले बताए। शनिबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै सह–प्रवक्ता अधिकारीले हालसम्म भारत सरकारले उपहारस्वरूप दिएको कोभिशिल्ड खोप १० लाख डोज, भारत सरकारसँग खरिद गरिएको कोभिशिल्ड खोप १० लाख डोज, कोभ्याक्स सुविधाअन्तर्गत ३ लाख ४८ हजार डोज प्राप्त भएको र नेपाली सेनालाई १ लाख डोज प्राप्त भएको गरी २४ लाख ४८ हजार डोज कोभिशिल्ड खोप प्राप्त भएको जानकारी दिए।
त्यस्तै, चीनबाट ८ लाख डोज भेरोसेल खोप प्राप्त भई जम्मा ३२ लाख ४८ डोज खोप प्राप्त भएको उनको भनाइ छ। त्यसमध्ये २५ लाख डोज खोप लगाइसकिएको र बाँकी रहेको खोप लगाउने क्रम जारी रहेको डा. अधिकारीले बताए।
७ लाखको हाराहारीमा खोप मौज्दात रहेको भए पनि भेरोसेल खोप लगाउन शुरु गरिएको उनको भनाइ छ। भारतसँग २० लाख डोज खोप खरिद गरेको भए पनि १० लाख मात्रै आएको र १० लाख डोज आउन बाँकी रहेको उनले जानकारी दिए।
यद्यपि भारतसँग छलफल भइरहेको र छिट्टै खोपहरु आउने उनको भनाइ छ। स्पुतनिक भि खोपलगायत अन्य खोपहरू ल्याउने सम्बन्धमा समन्वय तथा कुराकानीहरु भइरहेको पनि बताउनुभयो।
पिसिआर परीक्षण
कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढिरहेको सम्बन्धमा देशभरि ९० वटा प्रयोगशालाबाट पिसिआर परीक्षण भइरहेको उनले जानकारी दिए। अहिले एन्टीजेन परीक्षणमा पोजेटिभ देखिएका र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको पिसिआर परीक्षण भइरहेको छ।
पिसिआरको दायरा बढाउन सरकारको तयारी रहेको पनि सह–प्रवक्ता अधिकारी बताए। अहिले निजी तथा सरकारी प्रयोगशालाहरुबाट परिक्षण भइरहेको छ। एन्टीजेन परिक्षण भने मुख्य गरि नेपाल भारत सिमामा भारतबाट नेपाल भित्रिने नेपालीहरुमा गरिएको छ।
स्वास्थ्य सामग्रीको अवस्था
यस्तै, सह–प्रवक्ता अधिकारीले अस्पताल तथा प्रयोगशालाहरुलाई आवश्यक स्वास्थ्य सामाग्रीहरु तीन महिनालाई पुग्ने मौज्दात रहेको बताए। संक्रमणको दर बढ्दै जाँदा मौज्दातमा अशर पर्ने भएकोले आवश्यक स्वास्थ्य सामाग्रीहरु ल्याउनको लागि पनि स्वास्थ्य मन्त्रालयले विभिन्न निकायसँग छलफल गरिरहेको बताए। अहिले आवश्यक पर्ने परीक्षणका सामग्री, उपचारका सामग्री र अन्य आवश्यक सामग्रीहरुको सहयोगका लागि विभिन्न निकायमा, दाताहरूसँग पत्राचार गरिएको बताए।
Comments
अरु समाचार
-
फिफा विश्वकप फुटबल २०२६: स्कटल्याण्डलाई मोरक्कोले १–० ले हरायो
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...











