तिब्बतले नेपाललाई १५० सिलिन्डर अक्सिजन दियो, भोलि राति खासा आइपुग्ने
काठमाडाै । चीनको स्वशासित राज्य तिब्बत सरकारले नेपाललाई एक सय ५० सिलिन्डर लिक्विड अक्सिजन (३० टन) सहयोग गरेको छ । बिहीबार ल्हासाबाट सिलिन्डर नेपाल प्रस्थान गरेको महावाणिज्यदूत नवराज ढकालले जानकारी दिए ।
उनले सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै अक्सिजन शुक्रबार रातिसम्म खासा पुग्ने बताए । उनले भने, ‘यसबाट ४० किलो क्षमताका करिब छ हजार सिलिन्डर भर्न सकिने छ ।’
त्यहाँको सरकारले छिटै २०० थान आइसियू बेड, पाँच थान भेन्टिलेटर, १० थान कन्सन्ट्रेटर दिने उनले जानकारी दिएको छ । तिब्बत सरकारले स्थलमार्ग बाट नेपाल जाने कोभिड-१९ सम्बन्धी कार्गो बिना रुकावट नेपाल पठाउने प्रयास गर्ने वचन दिएको उनले बताए । उनले भने, ‘यसका लागि तिब्बतको विभिन्न तहमा बैठक तय भभएको छ । महावाणिज्य दूतावास कार्गो मुभमेन्टको निरन्तर ट्रयाकिङ गरी रहेको छ र तिब्बत सरकारका सम्बन्धित पदाधिकारीसँग सम्पर्कमा छ ।’

शान शीको एक कम्पनीले ३० अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । सिल्क ट्रान्सपोर्टले ल्हासा काठमाडौँ ढुवानी निःशुल्क गरी सहयोग गरेको छ । ती सामान भोलि ल्हासाबाट हिँडाउने ढकालले जानकारी दिएको छ । गुडवील फाउन्डेसन तिब्बत ले आगामी हप्ता ५० अक्सिजन कन्सन्ट्रेटर दिन आवश्यक तयारी गरेको जानकारी गराएको छ ।
निजी क्षेत्रबाट कोभिड सम्बन्धी सामग्री बोकेका २२ गाडी तातोपानी भन्सार पुग्ने चरणमा छन् । करिब १५ गाडी समान (अक्सिजन सिलिन्डर, कन्सन्ट्रेटर आदि) खासा पुगेका छन् । केही समान काठमाडौँ पुग्ने ढकालले जानकारी दिएको छ । एभरेष्ट ग्यासको ४५०० सीलेन्डर (खाली) यो साता तिब्बत पुग्ने जानकारी भएकोले शिघ्र काठमाडौँ पठाउन समन्वय भएको उनले बताए ।
Comments
अरु समाचार
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...
-
बडादसैँको दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरिँदै
काठमाडौँ । बडादसैँको दोस्रो दिन सोमबार नवदुर्गामध्ये माता ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै छ । ब्रह्मचारिणीको अर्थ ‘ब्रह्ममा लीन भएकी वा...












