तिब्बतले नेपाललाई १५० सिलिन्डर अक्सिजन दियो, भोलि राति खासा आइपुग्ने
काठमाडाै । चीनको स्वशासित राज्य तिब्बत सरकारले नेपाललाई एक सय ५० सिलिन्डर लिक्विड अक्सिजन (३० टन) सहयोग गरेको छ । बिहीबार ल्हासाबाट सिलिन्डर नेपाल प्रस्थान गरेको महावाणिज्यदूत नवराज ढकालले जानकारी दिए ।
उनले सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै अक्सिजन शुक्रबार रातिसम्म खासा पुग्ने बताए । उनले भने, ‘यसबाट ४० किलो क्षमताका करिब छ हजार सिलिन्डर भर्न सकिने छ ।’
त्यहाँको सरकारले छिटै २०० थान आइसियू बेड, पाँच थान भेन्टिलेटर, १० थान कन्सन्ट्रेटर दिने उनले जानकारी दिएको छ । तिब्बत सरकारले स्थलमार्ग बाट नेपाल जाने कोभिड-१९ सम्बन्धी कार्गो बिना रुकावट नेपाल पठाउने प्रयास गर्ने वचन दिएको उनले बताए । उनले भने, ‘यसका लागि तिब्बतको विभिन्न तहमा बैठक तय भभएको छ । महावाणिज्य दूतावास कार्गो मुभमेन्टको निरन्तर ट्रयाकिङ गरी रहेको छ र तिब्बत सरकारका सम्बन्धित पदाधिकारीसँग सम्पर्कमा छ ।’

शान शीको एक कम्पनीले ३० अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । सिल्क ट्रान्सपोर्टले ल्हासा काठमाडौँ ढुवानी निःशुल्क गरी सहयोग गरेको छ । ती सामान भोलि ल्हासाबाट हिँडाउने ढकालले जानकारी दिएको छ । गुडवील फाउन्डेसन तिब्बत ले आगामी हप्ता ५० अक्सिजन कन्सन्ट्रेटर दिन आवश्यक तयारी गरेको जानकारी गराएको छ ।
निजी क्षेत्रबाट कोभिड सम्बन्धी सामग्री बोकेका २२ गाडी तातोपानी भन्सार पुग्ने चरणमा छन् । करिब १५ गाडी समान (अक्सिजन सिलिन्डर, कन्सन्ट्रेटर आदि) खासा पुगेका छन् । केही समान काठमाडौँ पुग्ने ढकालले जानकारी दिएको छ । एभरेष्ट ग्यासको ४५०० सीलेन्डर (खाली) यो साता तिब्बत पुग्ने जानकारी भएकोले शिघ्र काठमाडौँ पठाउन समन्वय भएको उनले बताए ।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
रास्वपाकाे सचिवालयको बैठक बस्दै
काठमाडौं । विभिन्न समसामयिक विषयमा छलफल गर्नका लागि आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ ।सो पार्टीका...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
सदैव राष्ट्र र राष्ट्रिय एकताको पक्षमा : अध्यक्ष रामेश्वर थापा,अन्नपूर्ण मिडिया नेटवर्क
- अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको प्रमुख प्रकाशन अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका लागि आजको दिन ऐतिहासिक हो। यो प्रकाशन आजबाट २५ वर्ष...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
चीन–नेपाल सुरक्षा सहकार्यमा जोड
काठमाडौं । नेपालका लागि चीनका राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा जोड दिँदै त्यसलाई अझ सुदृढ बनाउन हरसम्भव प्रयत्न गर्ने...












