एकैदिन ७,२२६ जनाले जिते कोरोना
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७,२२६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,९३९ जना नयाँ संक्रमित भेटिँदा ७,२२६ जना संक्रमणमुक्त भएका हुन् ।
२० हजार ४१४ पीसीआर परीक्षणमा ६७३१ र ५७८ एन्टिजेन परीक्षणमा २०८ जना गरी पछिल्लो २४ घण्टामा ६,९३९ नयाँ संक्रमित भेटिएका हुन् ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ । जसमध्ये १ लाख १६ हजार ४७६ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १०६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ६,९५१ पुगेको छ ।
कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा १७३८,मोरङमा ४१०, ललितपुरमा ३६४, कास्कीमा ३५८, भक्तपुरमा २६५ र काभ्रेपलाञ्चोकमा २३३ जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै चितवनमा १९८, धादिङमा १८८, सुनसरीमा १८६, गुल्मीमा १७५,नुवाकोटमा १६५,सिन्धुपाल्चोकमा १५०, रुपन्देहीमा १४०,सुर्खेतमा १२४,झापामा ११८,कैलालीमा ११२,मकवानपुरमा १०२, धनुषामा ९५, अछाममा ९७,बारामा ८९,सर्लाहीमा ८६, सिरहामा ८३, सिन्धुलीमा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
दाङमा ६५, कपिलवस्तु र पाल्पामा ६६÷६६ जना, महोत्तरी र तनहुँमा ६१/६१ जना, नवलपरासी पुर्वमा ५८, लमजुङमा ४८,दोलखामा ४५, रामेछापमा ४४, सल्यानमा ४२ र सप्तरीमा ४० जना संक्रमित थपिएका छन् ।
यस्तै पर्वत र स्याङजामा ३८/३८ जना,संखुवासभामा ३७,रौतहटमा ३२, तेह्रथुममा ३१,बाँकेमा ३०,कञ्चनपुरमा २९,पर्सामा २७, दैलेख र दार्चुलामा २५/२५ जना, डडेलधुरामा २३,धनकुटामा २२,पाँचथरमा २१,ताप्लेजुङ र म्याग्दीमा २०/२० जनामा संक्रमण देखिएको छ ।
बैतडीमा १५, बर्दियामा १४,अर्घाखाँचीमा १३,रुकुम पश्चिममा १२, डोटीमा ९,ओखलढुंगा र नवलपरासी पश्चिममा ८÷८ जना,खोटाङमा ७,भोजपुर, रोल्पा र कालिकोटमा ६/६ जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै उदयपुर, रसुवा र बाग्लुङमा ५/५जना,इलाममा ४,सोलुखुम्बु, रुकुम पुर्व र जुम्लामा २/२ जना तथा मुस्ताङ, प्युठान, जाजरकोट र बझाङमा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै १० वर्षमुनिका २१४ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ६४८ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
Comments
अरु समाचार
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...
-
बडादसैँको दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरिँदै
काठमाडौँ । बडादसैँको दोस्रो दिन सोमबार नवदुर्गामध्ये माता ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै छ । ब्रह्मचारिणीको अर्थ ‘ब्रह्ममा लीन भएकी वा...












