कोरोना बिरुद्ध लड्न राप्ती समाज जापानद्धारा चार लाख बढी रकम संकलन
काठमाडौँ ।राप्ती समाज जापानले कोरोना रोकथाम, नियन्त्रणका लागि चार लाख भन्दा बढी आर्थिक संकलन गरेको छ । पछिल्लो समय साबिकको राप्ती अञ्चलका विभिन्न जिल्लामा कोभिडका १९ का बिरामीहरुको लागि अक्सिजन लगायतका स्वास्थ्य सामाग्रीहरुको अभाव भएपछि जापानमा विभिन्न पेशा व्यवसायको सिलसिलामा बस्दै आएका नेपालीहरुले उक्त रकम संकलन गरेका हुन । संकलन भएको उक्त रकमले साविकको राप्ती अञ्चलका कोरोनो बढी प्रभावित जिल्लामा आवश्यक सामाग्री खरिद गरि हस्तान्तरण गरिने भएको छ । अभियानबाट संकलीत रकम र समाजको आन्तरीक कोषबाट १ लाख गरी जम्मा ४ लाख ३२ हजार ३ सय ५७ रुपैया आज संस्थाका संरक्षक विशेश्वर रेग्मीलाई नेपाल पठाईएको राप्ती समाज जापानका महासचिब प्रकाश ओलीले जानकारी दिए । उनका अनुसार केहि दिनमा सामान खरिद गरेर वितरण गरिने छ ।
समाजले यस अघि पनि विभिन्न सामाजिक क्षेत्रमा कामहरु गर्दै आएको छ । यस अघि दिल वहादुर रम्तेल बचाउ अभियान , धुर्मुस सुन्तली फाउन्डेसनको नमूना नेपाल परियोजना, सिदार्थ माध्यामिक बिद्यालय घोप्टेओढार पातिहाल्ना रोल्पा जिनाबाङ, दाङका भुकम्प पिडीत, ब्लड क्यान्सरबाट पिडित भएकी रुकुम पश्चिम सानीभेरी गाउँपालिका–३ गरायलाकी जमुना नगाल गहतराजलाई उपचार्थ सहयोग, लडेर मेरुदण्ड भाँचिएर थला परेका सिन्धुली जिल्ला घ्याङलेक गाउँपालिका–१ का सुरेन्द्र कुमार बम्जन ,रुकुम पूर्वका मुटुभित्र प्वाल परेका सरद ओली लाई आर्थिक सहयोग गरेको छ ।
अहिले सबै दुख पीडामा रहेका नेपालीहरुको लागि समाज एउटा सहयोगि साथी बनेको छ । यसरी विभिन्न समस्यामा परेकाहरुलाई सहयोग गर्दा आफूलाई पनि गर्व लाग्ने र पीडितको घाउमा मल्हम लगाउने काम गरिएको राप्ती समाजका महासचिब प्रकाश ओलीले बताए।
सहयोगीहरुको विवरण : 
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












