नेपाललाई अझै खोप सहयोग गर्छौं : चिनियाँ राजदूत यान्छी
काठमाडौँ । चीनले नेपाललाई थप खोप सहयोग गर्ने प्रद्धिबद्धता जनाएको छ ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार बिहान भर्चुअल रुपमा पत्रकार सम्मेलन गर्दै नेपाललाई चीनले अझै खोप सहयोग गर्ने बताएकी हुन् ।
चीनले नेपाललाई अहिलेसम्म १८ लाख अनुदान सहयोग र ४० लाख चीन–नेपाल खोप सहकार्यअन्तर्गत पठाएको उल्लेख गर्दै थप खोप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । नेपाल आइसकेको र चीनबाट आउनेका लागि सहमति भएको गरी ५८ लाख खोप उत्तरी छिमेकीबाट आउँछ ।
उनले कोभिड–१९ को सुरुवातमा नेपालले चीनलाई सहयोग गरेको पनि सम्झिन् । नेपालले चीनमा सुरुवातमा कोरोना भाइरसको संक्रमण फैलिएपछि सन् २०२० को फेब्रुअरी ७ मा एक लाख मास्क सहयोग गरेको थियो ।
राजदूत होउले नेपालको खोप अभियानमा सहयोगअन्तर्गत खरिद गरेको ४० लाख खोपमध्ये पहिलो लटको खोप नेपाल आइसकेको उल्लेख गरिन् । उनले चीनले अहिले १० वटा कोभिड–१९ खोप उत्पादन गरेको जानकारी दिइन् । त्यसमध्ये दुई ओटा खोपलाई अहिलेसम्म विश्व स्वास्थ्य संगठनले मान्यता दिएको बताइन् । नेपालमा भने अहिलेसम्म सिनोफार्मको भेरोसेल खोप ल्याइएको छ ।
नेपाल र चीनबीच खोप खरिदमा भएको ‘नन–डिस्कलोजर अग्रिमेन्ट’ माथि सोधिएको प्रश्नमा होउले भनिन्,‘हामीले खोप सहकार्यअन्तर्गत विश्वका १०० मुलुकहरुलाई सहयोग गर्दै आइरहेका छौं । सबै मुलुकहरुसँग यही अन्तर्राष्ट्रिय प्रक्रियाअनुसार काम भइरहेको छ । चीन र नेपालबीचको खोप सहकार्यअनुसार खोप ल्याइएको हो ।’
राजदूत होउले नेपालतर्फको उत्तरी दुई नाकाहरु तातोपानी र रसुवागढीको भन्सार नाकाका समस्याहरु राजनीतिक नभएर प्राविधिक भएको बताइन् । उनले सिन्ज्याङ प्रदेश (तिब्बत क्षेत्र) को भूबनोट र त्यहाँ हुने अक्सिजनको समस्याका कारण पनि नाकामा कडाइ रहेको उल्लेख गरिन् । उनले तातोपानीमा दैनिक १० वटा ट्रक आउने गरेको र रसुवागढीमा नेपाली क्षेत्रमा कम स्थान भएको कारणले गर्दा आयातमा केही समस्या भएको जानकारी आएको बताइन् । ‘तर यी समस्यालाई समाधान गरेर अघि बढ्नका लागि दुवै पक्षबाट प्रयासहरु भइरहेका छन्,’ उनले भनिन्,‘यो समस्या कोरोनाको कारणले हो, यो सकिएपछि फेरि पूर्ण रुपमा काम हुन्छ ।’
उनले विश्वका विकासोन्मुख मुलुकहरुमा खोप सहयोग गरेर जनताको जीवनरक्षा गर्ने र मुलुकको अर्थतन्त्रलाई उकास्नका लागि सहयोग गर्ने पनि बताइन् ।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
रास्वपाकाे सचिवालयको बैठक बस्दै
काठमाडौं । विभिन्न समसामयिक विषयमा छलफल गर्नका लागि आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ ।सो पार्टीका...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
सदैव राष्ट्र र राष्ट्रिय एकताको पक्षमा : अध्यक्ष रामेश्वर थापा,अन्नपूर्ण मिडिया नेटवर्क
- अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको प्रमुख प्रकाशन अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका लागि आजको दिन ऐतिहासिक हो। यो प्रकाशन आजबाट २५ वर्ष...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
चीन–नेपाल सुरक्षा सहकार्यमा जोड
काठमाडौं । नेपालका लागि चीनका राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा जोड दिँदै त्यसलाई अझ सुदृढ बनाउन हरसम्भव प्रयत्न गर्ने...












