स्वास्थ्य मन्त्रालयले हटायो वीर अस्पतालको नेतृत्वबाट डा. जागेश्वर गौतमलाई
काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड युनिफाइड केन्द्रीय अस्पताल वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकृतबाट डा. जागेश्वर गौतमलाई फिर्ता बोलाएको छ ।
सोमबार राज्यमन्त्रीस्तरीय बैठकले डा. गौतमलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
आइतबार भत्ताको माग गर्दै पुगेका स्वास्थ्यकर्मी र कर्मचारीमाथि डा. गौतमले प्रहरी बोलाएर कुटपिट गराएको आरोप लागेको थियो । डा. गौतमलाई हटाउनु पर्ने माग राखेर वीरका स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलित भएका थिए ।
डा. गौतमले वीरबाट आफूलाई हटाएकोमा कुनै पछुतो नरहेको बताएका छन् । ‘दुई महिनामा राम्रो काम गरेको छु । राजनीतिक दलका झोलेले काम गर्न नदिए पनि नम्बरको हिसाबले डिस्टिङ्सनको काम गरेको छु,’ उनले भने, ‘अब प्रसूति गृहमा गएर महिलाको सेवा गर्छु ।’
काोभिडका बिरामीको उपचार गर्न वीर अस्पताललाई ‘कोभिड १९ युनिफाइड केन्द्रीय अस्पताल’ बनाइएको थियो । सरकारले गत ६ जेठमा ल्याएको अध्यादेशले वीर अस्पताललाई केन्द्रीय युनिफाइड अस्पताल बनाइएको हो । युनिफाइड अस्पताल बनाएपछि अस्पताल सञ्चालनको जिम्मा स्वास्थ्य मन्त्रालयलाई दिइयो ।
मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतमा डा. गौतमलाई १० जेठमा नियुक्त गरेको थियो । डा. गौतम प्रमुख भएर अस्पताल गएदेखि नै विवादमा तानिएका थिए ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












