नेपालमा कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो
काठमाडाैँ । नेपालमा कोरोना भाइरसको संक्रमण हुनेको संख्या १० लाख नाघेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कुल ६० लाख ४३ हजार ७४४ जनाको परीक्षण गरिएकोमा १० लाख २३ हजार ३०७ जनामा संक्रमण देखिएको हो।
कुल संक्रमितमध्ये ९ लाख १० हजार ३९४ जना पिसिआर प्रविधि र १ लाख १२ हजार ९१३ जना एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएका हुन्।
१० लाख संक्रमितमध्ये ८ लाख बढी संक्रमित भने निको भइसकेका छन्। संक्रमणबाट हालसम्म ११ हजार ६५५ जनाको मृत्यु भएको छ।
यस्तै कुल जनसंख्याको ४२.५ प्रतिशत मानिसले भाइरसविरूद्धको खोप लगाएका छन्। जसमा ५३.५ प्रतिशतले एक मात्रा खोप लगाएका छन्। खोप लगाउने कार्यलाई थप तीव्रता दिने भन्दै सरकारले माघ ७ गतेदेखि स्वास्थ्यकर्मी लगायत फ्रन्टलाइनमा काम गर्ने कर्मचारी र ६० वर्ष उमेर माथिकालाई बुस्टर डोज दिन थालेको छ।
तर पुसको अन्तिम सातादेखि ओमिक्रोन भाइरसका कारण संक्रमण व्यापक फैलिरहेको छ।
त्यसैले पनि संक्रमित हुनेको संख्या अझै बढ्न सक्छ। सरकारले संक्रमण जोखिमकै कारण उपत्यकामा सवारी आवागमनमा जोरबिजोर प्रणाली लागू गरेको छ भने सम्पूर्ण शैक्षिक संस्थाहरू बन्द गरेको छ। यस्तै सिनेमा हल, जिमखाना, स्वीमिङ पुल लगायत भिडभाड हुने क्षेत्रहरू बन्द छन्।
Comments
अरु समाचार
-
फिफा विश्वकप फुटबल २०२६: स्कटल्याण्डलाई मोरक्कोले १–० ले हरायो
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...











