नेप्से परिसूचकको ओरालो यात्रा जारी
काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएसँगै लगातार दुई दिन नै शेयर बजारमा कारोबार मापक नेप्से ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३५.५३ अङ्कले ओरालो लागेर दुई हजार १३७.९२ मा ओर्लेको छ । त्यस्तै, ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक ७.११ अङ्कले ओरालो लागेर ४१५.६३ मा सीमित भएको छ । कूल २२९ कम्पनीको ३७ लाख ६९ हजार ८१२ कित्ता शेयर रु एक अर्ब ३१ करोड ७६ लाख ९९ हजार ९० मूल्यमा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोष उपसमूहको मात्रै शेयर मूल्य उकालो लागेको छ । अन्य अरु सबै उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ । सामूहिक लगानी कोष ०.०७ अङ्कले उकालो लाग्दा बैंकिङ २९.०१, व्यापार ३३.१५, होटल तथा पर्यटन ३४.३३, विकास बैंक ५४.२६, जलविद्युत् ३०.८७, वित्त २४.११, निर्जीवन बीमा २३६.४२, उत्पादन ४०.०८, अन्य २६.६७, लघुवित्त ७४.७२, जीवन बीमा ७१.८४ र लगानी ०.८२ अङ्कले ओरालो लागेको छ ।
कारोबारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु पाँच करोड ३७ लाख ९८ हजार ८०० बराबरको कारोबार भयो । त्यस्तै, नबिल बैंक रु तीन करोड ९८ लाख ५२ हजार ८०३, हिमालयन डिस्टिलरी रु तीन करोड ६८ लाख २२ हजार ८२०, लाइफ इन्स्योरेन्स कर्पोरेशन रु तीन करोड १३ लाख ३३ हजार ६९३ र नागरिक लगानी कोष रु तीन करोड दुई लाख २६ हजार ४४८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार, उपमकार लघुवित्त ८.२३, एनएमबी पचास ४.१०, सामलिङ पावर कम्पनी ४.०२, एनआइसी एशिया ग्रोथ फण्ड ३.७३, र लाइफ इन्स्योरेन्स कर्पोरेशनका लगानीकर्ताले ३.३५ प्रतिशतले कमाए । त्यस्तै, नेपाल इन्भेस्टमेन्ट बैंक ९.९८, एनएलजी इन्स्योरेन्स कम्पनी ६.५०, कर्पोरेट डेभलपमेन्ट बैंक ५.७५, मलटीप्रपोज फाइनान्स कम्पनी ५.३८ र प्रभु इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ५.२८ प्रतिशतले गुमाए ।
Comments
अरु समाचार
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...












