नेप्से परिसूचक ६० अङ्कले बढ्यो
काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उच्च अङ्कले उकालो लागेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि लगातार ओरालो लागेको नेप्सेले आज भने राहतको श्वास फेरेको छ । धितोपत्र बजारमा समस्या समाधानका लागि समिति गठन गर्ने विषयमा अर्थमन्त्री जनार्दन शर्मा र सम्बद्ध अधिकारीबीच भएको छलफलले पनि सकारात्मक वातावरण बनाएको जानकारहरूको टिप्पणी छ ।
ओरालो लागेको नेप्से परिसूचक थामिँदा कारोबार रकममा पनि सामान्य सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार ६०.२२ अङ्कले नेप्से परिसूचक उकालो लागेर दुई हजार ८०.४४ अङ्कमा पुगेको छ । त्यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूूचक ११.२५ अङ्कले उकालो लागेर ४००.३७ मा पुगेको छ ।
कूल २३१ कम्पनीको ५० लाख ५८ हजार ८१४ कित्ता शेयर रु एक अर्ब ६४ करोड तीन लाख ५६ हजार ६०८ बराबरको कारोबार भयो । बुधबारको कारोबारपछि बजार पूँजीकरण रु २९ खर्ब ६३ अर्ब ५७ करोड ९० लाख ७० हजार बराबर भएको छ ।
नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ २९.३५, व्यापार ५८.२६, होटल तथा पर्यटन ९२.७४, विकास बैंक ११६.३९, जलविद्युत् ८४.६, वित्त ७४.९७, निर्जीवन बीमा ३२०.३, उत्पादन १५४.७४, अन्य ५७.७९, लघुवित्त १५४.८, जीवन बीमा २९३.१३, सामूहिक लगानी कोष ०.१७ र लगानी १.९१ अङ्कले उकालो लागेका छन् ।
कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु पाँच करोड १२ लाख ४० हजार ३३२ बराबरको कारोबार भयो । कुमारी बैंक रु चार करोड ९९ लाख १५ हजार २४६, हिमालयन डिस्टिलरी रु चार करोड ९४ लाख ३५ हजार ८८२, नेपाल इन्भेस्टमेन्ट बैंक रु चार करोड ७४ लाख १० हजार ७३० र अपी पावर कम्पनीको रु चार करोड ५९ लाख ७४ हजार बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार उपकार लघुवित्त, सामुदायिक लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । बलेफी हाइड्रोपावर ९.९६, कालिका लघुवित्त ९.९५ र तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले ९.४४ प्रतिशतले कमाए । त्यस्तै, माउन्टेन हाइड्रो नेपाल, ४.११, आरबिबी म्युचुअल फन्ड एक २.८६, नबिल ब्यालेन्स फन्ड दोस्रो २.८२, एनआइबिएल प्रगति फन्ड १.९० र हिमालयन बैंकका लगानीकर्ताले ०.९६ प्रतिशतले गुमाएका छन् ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












