साताको दोस्रो कारोबारको दिन सेयर बजारमा गिरावट
काठमाडौं । साताको पहिलो काराेबार दिन आइतबार बढेकाे सेयर बजार दाेस्राे दिन साेमबार भने गिरावट आएकाे छ ।
सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९.७५ अकंले घटेर २०७६.६७ बिन्दुमा काराेबार बन्द भएको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५७.६१ बिन्दुले बढेर २०८६.३८ बिन्दुमा बन्द भएको थियो ।
आज पुँजी बजारमा नेप्सेमा सूचीकृत २३४ कम्पनीको एक करोड नाै लाख ८१ हजार पाँच सय ९१ कित्ता सेयर किनबेच हुँदा चार अर्ब ३४ करोड ९२ लाख ७३ हजार पाँच सय ९३ रुपैयाँको कारोबार भएको हो ।
अघिल्लो कारोबार दिनमा भने सेयर बजारमा नेप्सेमा सूचीकृत २३१ कम्पनीको ६२ लाख २७ हजार ६९२ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ४८ करोड चार लाख ७३ हजार नाै सय ९८ रुपैयाँको कारोबार भएको थियो ।
सेयर बजारमा आज शिवम् सिमेन्टको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज १७ करोड ५८ लाख ८३ हजार रुपैयाँको कारोबार भएको हो । त्यस्तै, हिमालयन डिस्टलरीको १६ करोड ९० लाख ५१ हजार रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्सको १२ करोड ९६ लाख ६७ हजार रुपैयाँ, अरुण काबेली पावरको ११ करोड ७८ लाख ८६ हजार रुपैयाँ र अप्पर तामाकोशी हाइड्रोपावरको ११ करोड ६७ लाख ३ हजार रुपैयाँको कारोबार भएको हो ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












