प्रधानमन्त्री समक्ष वाईसीयलले माग– गर्भनरलाई पदमुक्त गरी उनीमाथि छानबिन गरौं
काठमाडाैं । नेकपा माओवादी केन्द्रनिकट योङ कम्युनिष्ट लिग(वाईसीयल)ले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्न माग गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई शनिवार ७ बुँदे ज्ञापनपत्र बुझाउँदै नेकपा एमालेको अर्थ तथा योजना विभागमा एम अधिकारी भनिएका गर्भनर अधिकारी नै भएको दावी गर्दै पदमुक्तको माग गरेको हो ।
नेपाल राष्ट्र बैंकका गर्भनर अधिकारी एम अधिकारीको नामबाट नेकपा एमालेको केन्द्रीय अर्थ तथा योजना विभागका सदस्यको रुपमा कार्यरत रहेको समाचारहरू सार्वजनिक भएको छ । वाईसीएलले भनेको छ, ‘नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २१ मा राष्ट्र बैंकको गर्भनर कुनै पनि राजनीतिक दलमा आवद्ध हुन नपाउने ब्यवस्था मात्रै छैन, दफा २२ (५) बहालवाला गर्भनर राजनीतिक दलमा आवद्ध भए स्वतः पदमुक्त हुने व्यवस्थासमेत छ, तसर्थ गर्भनर अधिकारीलाई यथाशीघ्र पदमुक्त गरी छानबिनको दायरामा ल्याउन अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नु भएका सम्मानीय प्रधानमन्त्रीसमक्ष जोडदार माग गर्दछौं ।’
अधिकारी यसअघि पनि २०७३ सालमा एमालेको केन्द्रीय आयोगमा मनोनित भएको आधिकारिक प्रमाण सार्वजनिक भईसकेका कारण एम अधिकारी भन्ने महाप्रसाद अधिकार नै भएको थप प्रमाणित भएको वाईसीएलको दावी छ । ‘नेकपा एमालेका अर्थ तथा योजना विभागका सदस्य देउकाजी गुरुङले एम अधिकारी र महाप्रसाद अधिकारी एउटै हुन, राष्ट्र बैंकका गर्भनर हामीसँगै विभागको मिटिङमा बस्नु गर्नु भएको भन्नुले यस अभियोगको थप पुष्टी हुन्छ’ वाईसीएलले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा भनिएको छ ।
सो संगठन अर्थतन्त्रका सूचक नकारात्मक भएको भन्दै नेपाल प्रहरीलाई हतियार खरिदको प्रक्रिया रोक्न तथा संबैधानिक परिषद्मा बहुमतका आधारमा निर्णय लिने व्यवस्था नगर्न पनि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












