नेप्से परिसूचक आज पनि ओरालो
काठमाडाैं । नेप्से परिसूचक शुक्रबार पनि ओरालो लागेको छ। सेयर कारोबार हुने साताको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक ३४ दशमलव ६१ अंकले ओरालो लागेर २११३.५५ अंकमा सीमित भएको छ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ८० अंकले ओरालो लागेको छ। कुल दुई सय १३ कम्पनीको ६४ लाख १६ हजार ६२९ कित्ता सेयर दुई अर्ब ६२ करोड ६१ हजार ५४ हजार ९४८ मा खरिद बिक्री भए।
कारोबार भएका कुल १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोषले मात्रै कमाएको छ । अन्य १२ उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ। सामूहिक लगानी कोष शून्य दशमलव १३ अंकले उकालो लाग्दा बैंकिङ २२ दशमलव १६, व्यापार ६२ दशमलव ६५, होटल तथा पर्यटन २५ दशमलव ७३, विकास बैंक ८६ दशमलव ७१, जलविद्युत् ३९ दशमलव ५४, वित्त ६५ दशमलव २९, निर्जीवन बीमा ९५दशमलव ३२, उत्पादन ६७ दशमलव ८४, अन्य नौ दशमलव १६, लघुवित्त ११६ दशमलव १७, जीवन बीमा ११९ दशमलव ९९ र लगानी एक दशमलव पाँच अंकले ओरालो लागेको छ।
शुक्रबारको कारोबारपछि बजार पुँजीकरण ३० खर्ब १५ अर्ब ८९ करोड ३९ लाख ६२ हजार ५०९ नौ बराबर रहेको छ। कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ। सो कम्पनीको १५ करोड ६६ लाख २९ हजार ९३८ बराबरको कारोबार भयो । नबिल बैंक १४ करोड १४ लाख १४ हजार ३४७, हिमालयन डिस्टिलरी नौ करोड ६४ लाख २४ हजार, अपी पावर कम्पनी पाँच करोड ६७ लाख ८० हजार १४० र अरुण काबेली पावरको पाँच करोड ६० लाख १३ हजार ५२५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए।
नेप्सेका अनुसार जोशी हाइड्रोपावर पाँच दशमलव ९१, ग्लोबल आइएमबई समुन्नत स्किम एक तीन दशमलव ९४, उपकार लघुवित्त तीन दशमलव १४, कालिका लघुवित्त तीन दशमलव १० र बलेफी हाइड्रोपावरका लगानीकर्ताले दुई दशमलव ५९ प्रतिशतले कमाए।
त्यस्तै, मैलुङ खोला जलविद्युत् कम्पनी सात दशमलव १८, गुहेश्वरी मर्चेन्ट बैंक ६ दशमलव ४२, युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर ६ दशमलव ३७, सामलिङ पावर कम्पनी पााच दशमलव ६९ र इमर्जिङ नेपालका लगानीकर्ताले पाँच दशमलव ४४ प्रतिशतले गुमाएका छन्।
Comments
अरु समाचार
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...












