प्रचारप्रसार निषेध अवधिको सूक्ष्म अनुगमन र निगरानी
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा बिहीबार राति १२ बजेदेखि लागू भएको प्रचारप्रसार गर्न निषेधको अवधिको सूक्ष्म अनुगमन र निगरानीका लागि विशेष व्यवस्था गरेको छ । निर्वाचन आचारसंहिता, २०७९ अनुसार आयोगले सो निगरानीका लागि विशेष व्यवस्था गरेको हो ।
उक्त व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि आयोगले राजनीतिक दल, उम्मेदवार र मतदातालाई आग्रह गरिसकेको छ भने राज्य संयन्त्रका सम्बन्धित नियकालाई आचारसंहिता प्रतिकूलका गतिविधिमाथिको निगरानी तथा नियन्त्रणका लागि सूक्ष्म अनुगमन गर्न निर्देशन दिइसकेको छ ।
आयोग उपनिर्वाचन हुने सम्बन्धित निर्वाचन क्षेत्रका राजनीतिक दल, उम्मेदवार, उम्मेदवारका प्रतिनिधि र मतदाताबोहक बाह्य जिल्ला वा क्षेत्रका व्यक्तिहरूको अवाञ्छित आवागमन र अनधिकृत गतिविधि नगर्न÷नगराउन सम्बन्धित सबैमा आग्रह गरेको छ । यदि त्यस प्रकारका अवाञ्छित आवागमन र गतिविधि भई निर्वाचनको स्वच्छता र मर्यादामा प्रतिकूल असर पर्ने अवस्था देखिएमा अनुगमनमा खटिएका टोली र सम्बन्धित सुरक्षा निकायले नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाउने जनाइएको छ ।
आयोग नेपाल प्रहरीका सम्बन्धित सबै एकाइ, राष्ट्रिय अनुसन्धान विभाग मातहतका सम्बन्धित एकाइ र आयोगबाट खटिएका विशेष अनुगमन टोली, जिल्ला आचारसंहिता अनुगमन समितिका पदाधिकारी र अनुगमन अधिकृत तथा अन्य सरोकारवाला सबै पक्षलाई सोही बमोजिम गर्न÷गराउन आयोगले निर्देश गरेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जनाउनुभयो ।
आयोगले उपनिर्वाचन हुने सम्बन्धित क्षेत्रमा आचारसंहिता प्रतिकूल गतिविधिमाथिको निगरानी तथा नियन्त्रणका लागि सूक्ष्म अनुगमन गरी आचारसंहिता पालना गराउन तथा निर्वाचन ९कसुर तथा सजाय० ऐन, २०७३ दफा २४ को उपदफा ५ को व्यवस्था कार्यान्वयनको अनुगमन गर्न विशेष संयन्त्रमार्फत सूक्ष्म अनुगमन गराउने निर्णयसमेत गरिसकेको छ । यसका लागि आयोगले विशेष अनुगमन टोली खटाएको छ भने निर्वाचन आचारसंहिता, २०७९ को दफा ३२ बमोजिम आयोगबाट सम्बन्धित जिल्लाका जिल्ला कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुखलाई निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ ।
साथै निर्वाचन हुने जिल्लाभित्र मतगणना सम्पन्न नभएसम्म मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवननलाई नियन्त्रण गर्ने व्यवस्था मिलाउन नेपाल सरकार, गृह मन्त्रालयमार्फत लेखी पठाइसकेको छ ।
निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २१ बमोजिम उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले निर्वाचन अवधिभित्र कुनै मतदातालाई निजको मतदानको अधिकार प्रयोग गर्न वा नगर्नको लागि वा मतदानको अधिकार प्रयोग गरे वा नगरेबापत उपहार, पुरस्कार, इनाम, दानदातव्य वा बकसका रुपमा नगद वा जिन्सी दिन वा दिन मञ्जुर गर्न वा सार्वजनिक भोज आयोजना गर्न र मतदाताले पनि त्यस्तो प्रयोजनका लागि त्यस्तो नगद वा जिन्सी लिन वा लिन मञ्जुर गर्न र सार्वजनिक भोजमा सहभागी हुन नहुने र त्यस्तो कार्य गर्ने व्यक्तिलाई रु पचास हजारसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने सक्नेछ ।
सोही ऐनको दफा २४ को उपदफा ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम प्रचारप्रसार निधेषको अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न तथा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न निषेध गरिएकाले सम्बन्धित सबैमा पुनः स्मरण गराएको आयोगले जनाएको छ ।
साथै, निर्वाचन आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रसारजस्ता कार्य नगरी निर्वाचनको स्वच्छता निष्पक्षता कायम गर्न आयोगले आग्रह गरेको छ । निर्वाचनका क्रममा राजनीतिक दल वा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले तोकिएकोभन्दा बाहेक वा अनुमति विपरीत सवारी साधन प्रयोग गरेको पाइएमा जरिवाना गर्ने अधिकारीले त्यस्तो सवारी साधन निर्वाचन अवधिभरका लागि कब्जामा लिई आवश्यक कारबाही गर्ने पनि आयोगले जनाएको छ ।
Comments
अरु समाचार
-
प्रधानमन्त्री कार्कीले पशुपतिनाथमा गरिन् ‘धन्यवाद पूजा’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन् । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि...
-
पार्टीका नवनिर्वाचित सांसदहरुलाई आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसदहरुका लागि जारी आवासीय अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन्...
-
समानुपातिकतर्फका उम्मेदवारलाई भाेलि प्रमाणपत्र दिइने
काठमाडौं । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका उम्मेदवारलाई प्रमाणपत्र वितरण गर्ने भएको छ ।...
-
राष्ट्रिय सभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूत चाङको शिष्टाचार भेट
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित...
-
कांग्रेस विशेष महाधिवेशनबाट निर्वाचित समितिको विवरण संविधान एवं कानुनअनुसार अद्यावधिक गरिएको हो : निर्वाचन आयोग
काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरूको विवरण आयोगको अभिलेखमा अद्यावधिक गर्दा नेपालको...
-
निर्वाचन आयोगले सार्वजनिक गर्यो समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नामावली (सूचीसहित)
काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फका ११० सांसद निर्वाचित भएको घोषणा गरेको छ। प्रतिनिधि सभाको निर्वाचनमा पाएको मतका आधारमा दलहरूले समानुपातिक...
-
न्यायाधीश पाखरेलले स्वार्थ बाझिने रवि लामिछानेको मुद्धा हेर्न किन गरे जोड ?
काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश सुनिल पोखरेलले स्वार्थ बाझिने रवि लामिछानेको मुद्धा हेर्न जोड दिएका छन् । न्यायाधीश पाखरेलले स्वार्थ...
-
प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगे कांग्रेस सभापतिसहितका नेता
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । सभापति थापासँगै उपसभापतिद्वय विश्वप्रकाश शर्मा...
-
राजस्वका तत्कालीन महानिर्देशक अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ७० लाख रुपैयाँ घूस लिएको खुल्याे
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अधिकारीमाथि...












