जुम्लामा स्याउ बगैँचा फुलेर सेताम्मे
जुम्ला । स्याउ बगैँचा फुलेर सेताम्मे भएका छन् । यो याममा जुम्ली किसानले लगाएका स्याउ बगैँचा फुलेर सेताम्मे बनेका छन् । यहाँका आठवटै स्थानीय तहका किसान स्याउ खेतीमा निर्भर छन् । किसानका स्याउ बगैँचा फलेर रङ्गीचङ्गी भएको तिला गाउँपालिका–२ का स्याउ किसान दलबहादुर रावतले बताउनुभयो ।
अहिले स्याउ बगैँचामा किसान व्यस्त हुने गरेका छन् । माघदेखि स्याउ बिरुवाको रेखदेख, मलखाद व्यवस्थापनलगायत काममा किसानलाई चटारो परेको स्याउ किसान रावतले बताउनुभयो । उहाँले भन्नुभयो, “स्याउका बिरुवा फुलेपछि बगैँचामा सिँचाइ गर्ने स्थानीयलाई भ्याइनभ्याइ छ, बगैँचामा पाँच सय स्याउका बिरुवा फुलेपछि स्याउ बगैँचा सेताम्मे बनेको छ ।” स्याउ फुलेकाले यस वर्ष लटरम्म फल्ने आशा रहेको रावतको भनाइ छ ।
स्याउका फूल फुलेदेखि फल लाग्ने समयसम्म विशेष ख्याल गर्नुपर्छ । ‘स्याउ हरेक वर्ष सुर्खेत र नेपालगञ्जमा बिक्री गर्न लैजाने गरेको छु, गत वर्ष स्याउबाट झन्डै रु पाँच लाख आम्दानी भएको थियो’, उहाँले भन्नुभयो । यस वर्ष कम्तीमा रु सात लाख आम्दानी हुने आशा गरेको स्याउ किसान रावतले बताउनुभयो ।
फूलसँगै फोटो खिच्नेदेखि टिकटक बनाउनका लागि बगैँचामा मान्छे आउने गरेका कनकासुन्दरी–२ का स्याउ किसान बखतबहादुर बुढाले जानकारी दिनुभयो । अहिले जिल्लाका सबै स्याउ बगैँचा फुलेर सेताम्य भएका छन् । पालुवा नपलाउँदासम्म स्याउमा असिनाले क्षति गर्ने कि भन्ने चिन्ताले पिरोल्न थालेको यहाँका स्याउ किसान बताउँछन् ।
बगैँचामा स्याउका बोट फुलेर सेताम्मे भएपछि जुम्लाको वातावरण मनोरम देखिएको छ । सुक्खा मौसममा स्याउ फुलेर सेताम्य देखिएको जुम्लामा आन्तरिक तथा बाह्य पर्यटक पनि स्याउका फूलसँगै रमाउन थालेका छन् । कर्णाली राजमार्ग हुँदै राराताल पुगेका पर्यटक स्याउका फूलसँगै फोटो खिचाउँदै भिडियो बनाउन ओहोरदोहोर गर्ने गरेको स्याउ किसान महेन्द्र बुढाले बताउनुभयो । अहिले फुलेको स्याउ भदौमा पाकेपछि बगैँचा राताम्मे हुन्छन् ।
जुम्लामा गोल्डेन, रेड, रोयल, जोनाथान र ओरेन्ज टिपिन, म्याकन्जलगायत जातका स्याउ उत्पादन हुने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालयले जनाएको छ । यहाँका १८ हजार घरधुरीमध्ये करिब १६ हजार घरधुरी स्याउ खेतीमा संलग्न रहेको कृषि विकास कार्यालयले जनाएको छ । कृषि विकास कार्यालयका अनुसार अहिले चार हजार दुई सय ५० हेक्टर जमिनमा स्याउ खेती हुने गरेको छ ।
Comments
अरु समाचार
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...
-
‘मौद्रिक नीतिबाट ठोस राहत नआए अर्थतन्त्रले नयाँ छलाङ मार्न सक्दैन’
काठमाडौँ । आगामी मौद्रिक नीतिमार्फत कर्जा प्रवाह विस्तार, उत्पादनमुखी लगानी प्रोत्साहन र नीतिगत स्थायित्व सुनिश्चित गर्न नसके अर्थतन्त्रले अपेक्षित गति...












