नेप्सेमा दोहोरो अंकको वृद्धि
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ७३ अंकले बढेर एक हजार आठ सय ६९ दशमलब ७३ मा पुगेको छ ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव शून्य सात अंकले बढेर तीन सय ५७ दशमलव ९१ अंकमा पुगेको छ । नेप्सेका अनुसार शेयर कारोबार हुने साताको अन्तिम दिन आज १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ ।
विभिन्न कम्पनीका २५ लाख ३३ हजार सात सय १४ कित्ता शेयर रु ७३ करोड २६ लाख ८९ हजार आठ सय ११ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबारका आधारमा नबिल बैंकको संस्थापक शेयर शीर्ष स्थानमा छ । सो बैंकको संस्थापक शेयर रु चार करोड ५० लाख मूल्यमा खरिद बिक्री भए ।
शिवम् सिमेन्ट रु दुई करोड २१ लाख ५५ हजार,नबिल बैंक रु एक करोड ९६ लाख १२ हजार आठ सय ५०,हिमाल दोलखा हाइड्रोपावर रु एक करोड ८४ लाख ४७ हजार चार सय ८७ र एभरेष्ट बैंक रु एक करोड ६५ लाख ७० हजार आठ सय ६६ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार नबिल ग्रोथ फण्ड नौ दशमलव ८६, लक्षमी लघुवित्त नौ दशमलब १६, सयपत्री हाइड्रोपावर आठ दशमलव ३७, आत्मनिर्भर लघुवित्त आठ दशमलव २० र मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्य सात दशमलव २० प्रतिशतले बढेको छ ।
यस्तै, एनएमबी ऋणपत्र पाँच दशमलव ८५, नेपाल एसबिआई बैंकको ऋणपत्र पाँच दशमलव ३८, इस्टर्न हाइड्रोपावर चार, बाराही हाइड्रोपावर तीन दशमलव शुन्य आठ र रुरु जलविद्युत् परियोजनाको शेयर मूल्य दुई दशमलव ७० प्रतिशतल घटेको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












