नेप्से बढ्ने क्रम साताको चौथो कारोबार दिन पनि कायमै
काठमाडौं । नेप्सेको उकालो यात्राले साताको चौथो कारोबार दिन पनि निरन्तरता पाएको छ । अघिल्लो दिन तीन दशमलव ३१ अंकले बढेको नेप्से आज बुधबार पुनस् २३ दशमलव ३९ अंकले बढेर १८ सय ५४ दशमलव एक अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार अंकले बढेर तीन सय ५२ दशमलव ९४ अंकमा चढेको छ । नेप्सेमा आज दुई सय ६६ वटा कम्पनीहरुको २५ हजार छ सय ३४ पटकको कारोबारमा २५ लाख ७७ हजार दुई सय १० कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम ८५ करोड ७६ लाख २४ हजार तीन सय १८ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहहरुको कारोबार भएकोमा १३ वटै समूहहरुको सूचक बढेर नेप्से पुरै हरियो भएको छ । जसमध्ये वाणिज्य बैंक समूहको सूचक आठ दशमलव ६५ अंकले बढेर १२ सय नौ दशमलव १२ अंकमा पुगेको छ भने विकास बैंक समूहको सूचक पनि ५४ दशमलव ९३ अंकले बढेर तीन हजार चार सय २० दशमलव ३१ अंकमा पुगेको छ । फाइनान्स समूहको सूचक पनि ३४ दशमलव ५६ अंकले बढेर १५ सय ५२ दशमलव २३ अंकमा पुगेकोमा जलविद्युत समूहको सूचक पनि ४९ दशमलव २८ अंंकले बढेर २२ सय ९८ दशमलव ७१ अंकमा पुगेको छ ।
यसैगरी जीवन बिमा समूहको सुचक पनि ९३ दशमलव ३७ अंकले बढेर नौं हजार दुई सय ९६ दशमलव २३ अंकमा चढेकोमा निर्जिवन बिमा समूहको सूचक पनि एक सय ७१ दशमलव २३ अंकले बढेर आठ हजार छ सय १४ दशमलव ३१ अंकमा पुगेको छ । यि बाहेक होटेल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समूहहरुको सूचक पनि बढेका छन् ।
नेप्सेमा आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेर नौ सय ३३ रुपैंयाँ ४० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा माईखोला हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य सात दशमलव ९३ प्रतिशतले घटेर दुई सय ७७ रुपैयाँ ६० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ । शिवम् सिमेन्टको भने आज चार सय तीन रुपैंयाँ ५० पैसा अन्तिम मुल्यमा पाँच करोड ४४ लाख ५६ हजार नौ सय ३५ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।
Comments
अरु समाचार
-
‘फ्रन्टलाइन अस्पताल’ द्वारा भोटेकोशी बाढी प्रभावितका लागि सहयोग रकम हस्तानतरण
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेसन...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...












