ताजा समाचार

मधेश प्रदेशसभाको बैठक बस्दै

काठमाडौं । मधेश प्रदेशसभाको बैठक आज बस्न लागेको छ । आज दिउँसो २ बजे प्रदेशसभा बैठक बस्न लागेको प्रदेशसभा सचिवालले जनाएको छ ।

महालेखापरीक्षकको कार्यालयबाट प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष पेस गरिएको वार्षिक प्रतिवेदन २०७९, अर्थमन्त्री सञ्जयकुमार यादवले आजको बैठकमा प्रस्तुत गर्ने र त्यसअघि विशेष समयमा सांसदहरुले समसामयिक विषयमा आफ्नो धारणा राख्ने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिव रञ्जीतकुमार यादवले जानकारी दिनुभयो ।

बैठकअघि यही जेठ २ गते प्रदेशसभाको नवौँ बैठक बसेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org