यसरी छुट्याइयो प्रत्येक मन्त्रालयमा बजेट (सूचीसहित)
काठमाडौं । समग्र बजेटको आकार घटेसँगै केही मन्त्रालयमा पनि घटाइएको छ । केहीमा भने बढाइएको छ। सरकारले शहरी विकास मन्त्रालयमा चालू आर्थिक वर्षमा ३७ अर्ब ७३ करोड रुपैयाँ मात्रै बजेट विनियोजन भएकोमा आगामी आर्थिक वर्षका लागि ३० अर्ब बढी बजेट विनियोजन भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट करिब ३० अर्बले घटेको छ । चालु वर्ष यो मन्त्रालयले १ खर्ब ६१ अर्ब रुपैयाँ बजेट पाएको थियो । चालू आवमा सञ्चारमा ८ अर्ब ५९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको सञ्चार मन्त्रालयको बजेट सामान्य बढाइएको छ ।
१. संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय : ११ अर्ब ९६ करोड रुपैयाँ
२. शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय : १ खर्ब ९७ अर्ब रुपैयाँ
३. खानेपानी तथा सरसफाइ मन्त्रालय : २८ अर्ब १६ करोड
४. स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयतर्फ : ८३ अर्ब ९९ करोड रुपैयाँ विनियोजन
५. कृषि तथा पशुपक्षी विकास मन्त्रालय : ५८ अर्ब ९८ करोड रुपैयाँ
६. श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय : ८ अर्ब ८ करोड रुपैयाँ विनियोजन
७. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय : ९ अर्ब ४६ अर्ब रुपैयाँ
८. भूमि व्यवस्था मन्त्रालय : ७ अर्ब २४ करोड रुपैयाँ
९. वन तथा वातावरण मन्त्रालय : १५ अर्ब ५६ करोड रुपैयाँ
१०. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय : १ खर्ब ३१ अर्ब ३९ करोड रुपैयाँ
११. शहरी विकास मन्त्रालय : ६६ अर्ब १७ करोड रुपैयाँ
१२. ऊर्जा जलस्रोत तथा सिचाइ मन्त्रालय : ८७ अर्ब ४५ करोड रुपैयाँ
१३. सूचना सञ्चार तथा प्रविधि मन्त्रालय : ८ अर्ब ७१ करोड रुपैयाँ
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












