प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रपति पौडेलको समवेदना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पत्नी शोकमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई समवेदना सन्देश पठाउनुभएको छ ।राष्ट्रपति पौडेलका तर्फबाट राष्ट्रपति कार्यालयका सचिव तथा उहाँको सचिवालयमा रहनुभएका पदाधिकारीले आज प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर समवेदना सन्देश हस्तान्तरण गर्नुभएको हो ।
प्रधानमन्त्री प्रचण्डकी धर्मपत्नी एवं महिला नेत्री सीता दाहालको ६९ वर्षको उमेरमा बुधबार बिहान भएको असामयिक निधनले आफूलाई अत्यन्तै दुःखी बनाएको राष्ट्रपतिको समवेदना सन्देशमा उल्लेख छ ।
समाज रूपान्तरणका क्रममा भएका सशस्त्र सङ्घर्षलगायत सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि भएका आन्दोलनमा सीताको भूमिका महत्वपूर्ण रहेको राष्ट्रपति पौडेलको सन्देशमा उल्लेख छ । ‘समाज रूपान्तरण र राजनीतिक परिवर्तनमात्र नभएर सम्माननीय प्रधानमन्त्री दाहालको राजनीतिक छवि एवं कदलाई सफलतापूर्वक यो उचाइसम्म ल्याउन विगतका कष्टकर दिनहरूमा सीताको साथ तथा सहयोग उदाहरणीय र अनुकरणीय छ’, सन्देशमा भनिएको छ ।
राष्ट्रपतिले स्व सीताको आत्माको चिरशान्तिको कामनासहित उहाँप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्नाका साथै दुःखको यस घडीमा प्रधानमन्त्री, शोकसन्तप्त परिवारजन तथा शुभेच्छुकप्रति समवेदना प्रकट गर्नुभएको छ ।
Comments
अरु समाचार
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
चीन–नेपाल सुरक्षा सहकार्यमा जोड
काठमाडौं । नेपालका लागि चीनका राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा जोड दिँदै त्यसलाई अझ सुदृढ बनाउन हरसम्भव प्रयत्न गर्ने...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...
-
कांग्रेस नेता डा. शेखर कोइराला समूहको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठक बस्दैछ । कोइरालाले आफ्नो समूहको बागमती प्रदेशस्तरी भेला बोलाएका हुन्...
-
अध्यादेश सम्बन्धमा संविधानविद्हरूसँग राय लिँदै राष्ट्रपति पौडेल
काठमाडौं । सरकारले संसद् रोकेर एकैपटक ६ वटा अध्यादेश सिफारिस गरेपछि अप्ठेरोमा परेका राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र कानुविद्हरूसँग परामर्श...
-
कांग्रेस सभापति गगनले सरकारलाई दिए चेतावनी, भने- रवैया देखाइरहे मुठी कसेर सडकमा आउँछौँ
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले मधेशका जनताको अधिकार खोसेको बताएका छन्। सर्लाही पुगेका थापाले पार्टीको कार्यक्रममा...
-
सम्पत्ति छानविन आयोगको टीओआर तयार: “महाअभियाेग लागेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेरदेखि लोकमानसिंह कार्की र दीप बस्न्यातसम्म आयाेगकाे राडारमा”
सम्पत्ति छानविन आयोगको टीओआर तयार: "महाअभियाेग लागेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेरदेखि लोकमानसिंह कार्की र दीप बस्न्यातसम्म आयाेगकाे राडारमा” काठमाडाैं । वालेन्द्र...
-
एमाले प्रमुख सचेतकमा सांसद ऐनबहादुर महर
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) संघीय संसदीय दलले प्रतिनिधिसभाका सदस्य ऐनबहादुर महरलाई प्रमुख सचेतकमा मनोनयन गरेको छ।संघीय संसदीय दलको कार्यालय...












