दुराडाँडाको हलोक्रान्ति नवचेतनाको सुरुवात हो :अर्थमन्त्री डा महत
काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले लमजुङ दुराडाँडाको हलोक्रान्ति नवचेतनाको सुरुवात भएको बताउनुभएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठान र हलोक्रान्ति नेपाल तथा तोयनाथ स्मृति प्रतिष्ठानको सहकार्यमा आज यहाँ आयोजित बहुआयामिक हलोक्रान्ति-२००६ विषयक एक दिवसीय विचार गोष्ठीमा उहाँले दुराडाँडाको हलोक्रान्ति चेतना र क्रान्तिको सुरुवात भएको धारणा राख्नुभयो ।
‘शिक्षाको चेतना व्यापक भएको लमजुङको दुराडाँडामा चेतनाकोस्तर विकसित भएको कारण नै हलोक्रान्ति भएको भन्ने मलाई लाग्छ,’ उहाँले भन्नुभयो, ‘हलोक्रान्ति सामान्य घटना होइन, हलोक्रान्तिको अगुवाई चारजना महत्वपूर्ण व्यक्तिले गर्नुभयो, त्यसबेला ब्राम्हणले हलो जोत्ने घटना असामान्य थियो ।’ गलत परम्परालाई हलोक्रान्तिले तोडेको भन्दै उहाँले गलत प्रवृत्ति, अन्धविश्वासलाई छाड्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले सबै जातजाति, भाषाभाषी, संस्कृति, सम्पदाको संरक्षण गरेर अगाडि बढ्न जरुरी रहेको उल्लेख गर्नुभयो । दुराडाँडालाई पहिलेको जस्तो हराभरा र स्मृतिलाई ताजा बनाउन सबै लाग्नुपर्ने उहाँको भनाइ छ । हलोक्रान्तिको महत्वलाई देशभर लैजानुपर्ने भन्दै उहाँले दुराडाँडामा निर्माण गर्न लागिएको हलो पार्क र हलो स्तम्भलाई सरकारको तर्फबाट सहयोग हुने अर्थमन्त्री डा महतले बताउनुभयो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले श्रम र शिल्पबाट ठूलो र सानो जातिको उदय भएकाले त्यसलाई अन्त्य गर्न लमजुङबाट हलोक्रान्तिको थालनी भएको बताउनुभयो । ‘दुराडाँडामा ७४ वर्ष पहिले भएको हलोक्रान्ति शान्तिपूर्ण सांस्कृतिक क्रान्तिको उदाहरण हो,’ उहाँले भन्नुभयो । कूलपति राईले प्रज्ञा प्रतिष्ठानभित्र हलोक्रान्तिलाई ७४ वर्षपछि आफ्नो विषय बनाएर अगाडि बढ्न लागेको बताउनुभयो ।
लम्जुङ सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्णप्रसाद कोइरालाले मुलुकको विकृति विसङ्गतीकाविरुद्ध सांस्कृतिक क्रान्तिको थालनी हलोक्रान्ति भएको बताउनुभयो । ‘राणा शासनको अन्त्य गरी मुलुकलाई सही ढङ्गले अगाडि बढाउन र विकृति, विसङ्गतिको अन्त्यका लागि हलोक्रान्ति भएको थियो,’ उहाँले भन्नुभयो ।पण्डित तोयानाथ अधिकारी र खजे दुरालाई राष्ट्रिय विभूतिका रुपमा घोषणा गर्न सुन्दरबजार नगरपालिकाले प्रस्ताव अगाडि सारेको उहाँको भनाइ थियो ।
विश्व हिन्दू महासङ्घका अध्यक्ष डा रामचन्द्र अधिकारीले शोषक र शोषितको दुरी अन्त्य गर्दै समानतामूलक समाज निर्माणका लागि हलोक्रान्ति भएको बताउनुभयो । प्रतिष्ठानका अध्यक्ष डा लक्ष्मीकान्त पौडेलले दुराडाँडामा हलो पार्क र हलो स्तम्भ निर्माण गर्नका लागि प्रतिष्ठानले काम गरिरहेको बताउनुभयो । प्रतिष्ठानका उपाध्यक्ष श्रीप्रसाद अधिकारीले हलोक्रान्तिलाई जीवन्त राख्न प्रतिष्ठानले काम गरिरहेको उल्लेख गर्नुभयो ।
हलो क्रान्तिको नेतृत्व तोयनाथ अधिकारी, शेषकान्त, हरिभक्त पौडेल र श्रीकान्त अधिकारीले लिनुभएको थियो । सोही क्रान्तिमा उहाँहरुसँगै २७ ब्राम्हणले हलो जोतेका थिए । सोही अवसरमा पण्डित तोयनाथ अधिकारीको बुहारी सुशीला अधिकारी, लेफ्टिनेन्ट शेषकान्त अधिकारीका छोरा डा पूर्णकान्त अधिकारी, मुखिया हरिभक्त पौडेलकी बुहारी लक्ष्मी पौडेल र श्रीकान्त अधिकारीकी श्रीमती गायत्री अधिकारीलाई सम्मान गरिएको थियो ।
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
जिल्ला न्यायाधीश बेलबासे ४ दिनका लागि उच्च अदालतमा नियुक्तिका लागि सिफारिस
काठमाडौं । जिल्ला न्यायाधीश हिमाल बेलबासे उच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका छन् । अनिवार्य अवकाश पाउन चार दिन...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
आज न्याय सेवा आयोगको बैठकः सर्वोच्चका रजिष्ट्रार र न्याय परिषद्का सचिव सिफारिस गर्ने तयारी
काठमाडौं । न्याय सेवा आयोगको बैठक आज (मंगलबार) बस्दैछ । हाल सर्वोच्चका रजिष्ट्रार र न्याय परिषद्को सचिव पद तीन महिनादेखि...
-
आज प्रतिनिधिसभाको बैठक, सम्बन्धित मन्त्रीले मौखिक प्रश्नको उत्तर दिने कार्यसूची
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक मङ्गलबार अपराह्न १ बजे बस्दैछ । आजको बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी सङ्घीय...
-
आफूविरुद्ध तथ्यहीन र भ्रामक समाचार प्रकाशन गरिएको डिआइजी खत्रीको दाबी, कानूनी उपचारमा जाने चेतावनी
काठमाडौ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक (DIG) भूपेन्द्र बहादुर खत्रीले आफ्नो चरित्र हत्या गर्ने गरी...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...












