काठमाडौँ महानगरपालिकाले दियो नगरवासीलाई कर छुट सुविधा
काठमाडौं । काठमाडौँ महानगरपालिकाले चालु आवका लागि करदातालाई कर छुट सुविधा उपलब्ध गराएको छ । कामपाले उक्त सुविधा आर्थिक ऐन, २०८० अनुरूप उपलब्ध गराएको हो । उक्त सुविधा कामपामा स्थायी बसोबास भएका व्यक्तिलाई नागरिकता, मतदाता परिचयपत्र वा बसाइँसराइ प्रमाण पत्रका आधारमा दिइनेछ । उपलब्ध गराइएका कर छुटका शीर्षकमा सम्पत्ति कर, बहाल कर, व्यवसाय करमा अवधि तोकेर छुट सुविधा उपलब्ध गराइएको छ । छुट सुविधा वडा कार्यालयबाट लिन सकिने कामपा राजस्व विभाग प्रमुख ध्रुव काफ्लेले जानकारी दिनुभयो ।
नियमित कर दाखिला गर्ने सम्पत्ति कर र व्यवसाय बहाल करदातालाई २०८० पुस मसान्तसम्म उल्लेखित शीर्षकमा १० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ । महानगर क्षेत्रभित्र सञ्चालित होटल, रिसोर्ट वा चलचित्र घरको नाममा घरजग्गा भई वा लिजमा लिएर होटल, रिसोर्ट वा चलचित्र घर निर्माण गरी सञ्चालन गरेका करदातालाई बक्यौतासहितको सम्पत्ति करमा ३० प्रतिशतसम्म छुट दिइएको छ । यो सुविधा पुस मसान्तसम्मको लागि मात्र हो ।
व्यावसायिकरूपमा सवारीसाधन पार्किङ प्रयोजनका लागि भवन निर्माण गर्ने करदातालाई भवन निर्माण सम्पन्न भएको मितिले पार्किङ प्रयोजनका लागि प्रयोग हुने क्षेत्रको १० वर्षसम्म सम्पत्ति कर छुट हुने प्रमुख काफ्लेको भनाइ छ । एक वडा एक नमूना उद्यम कार्यक्रमअन्तर्गत सञ्चालित उद्योग वा व्यवसायको दर्ता भएको तीन वर्षसम्म निजले तिर्न बुझाउनुपर्ने व्यवसाय कर र शुल्कको १५ प्रतिशत छुट हुनेछ ।
चालु आवसम्म करको दायरामा नआएका जुनसुकै उमेरका महिला, जनजाति, दलित, अपाङ्गता भएका र ३५ वर्षभन्दा कम उमेरका युवाका नाममा दर्ता भई सञ्चालनमा रहेका रु पाँच लाखसम्म पूँजीगत लगानी भएका उद्योग व्यवसाय, कम्पनी, संस्थाले २०८० पुसमसान्तभित्र कर दाखिला गरेमा जम्मा कर रकमको ४० प्रतिशत र नियमित कर दाखिला गर्ने करदाताका हकमा कर रकमको २५ प्रतिशत छुट हुनेछ । कामपाले लामो समयदेखि उठ्न नसकेको बक्यौता रकम असुल गर्न ताकेता गरिरहेको छ । करदाताले विवरणसम्म लिएर नआएपछि ताकेता गरेको हो ।
लामखुट्टेको बासस्थान नष्ट गर्न प्रमुख शाहको आग्रह
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले डेङ्गु रोग सार्ने लामखुट्टेको बासस्थान नष्ट गर्न अपिल गर्नुभएको छ । यस रोग फैलाउने लामखुट्टे सफा पानीमा बस्ने जनाउँदै उहाँले पानी जम्ने सडक, सडकपेटीका खाल्डाखुल्डी, करेसाबारीमा रहने गमला, पानी जम्मा गरी राखिएका भाँडा, टायर, कौसी र बरन्डामा जम्ने पानी लामखुट्टेको सङ्ख्या वृद्धि हुने ठाउँ भएकाले यस्ता ठाउँमा पानी जम्न नदिन, एउटै भाँडामा पानी थापेर धेरै समय नराख्न आग्रह गर्नुभएको हो ।
महामारी रोग नियन्त्रणका लागि कामपाको एक्लो प्रयासले मात्र रोकथाम हुन नसक्ने भएकाले रोग लाग्नै नदिनेतर्फ प्रयत्न गर्न महामारी रोगप्रति सचेत रहन, कामपाले सञ्चालन गरेका कार्यक्रममा सहयोग गर्न पनि प्रमुख शाहले अपिल गर्नुभएको छ । नगरवासीलाई डेङ्गु रोग लाग्नबाट बचाउन कामपाले योजनाबद्ध कार्यक्रम सञ्चालन गरिरहेको छ । यस क्रममा वडास्तरमा दुई सय ६९ वटा सचेतनामूलक र्याली निकालिएको छ । हरेक बुधबार बिहान ८ः०० देखि ९ः०० बजेसम्म वडामा लार्भा खोज र नष्ट गर्ने अभियान भइरहेको पनि उहाँले जानकारी गराउनुभयो । यसका लागि सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रका स्वास्थ्यकर्मी, वडा जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय सङ्घसंस्था र क्लबका प्रतिनिधि, नगर प्रहरी, कर्मचारी यस अभियानमा खटिने गर्नुभएको छ ।
यस रोग नियन्त्रणकै लागि कामपाले सरकारी तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीबीचमा डेङ्गु रोगसम्बन्धी चित्रकला प्रदर्शनी गरी अभिभावकसम्म सङ्क्रमणका बारेमा चेतना पुर्याउने कामसमेत गरेको छ ।वर्षायाममा साउन, भदौ, असोज र कात्तिक महिनासम्म यस रोगको सङ्क्रमणदर तीव्र हुने गरेको विगत अभ्यासले देखाउँछ । यस अवधिमा कामपाले डेङ्गु रोगको बारेमा आवश्यक परामर्श दिनका लागि कामपाले टेलिफोनमार्फत रोगका लक्षण, उपचार, सावधानी दिनका लागि हटलाइन ११८० चौबीसै घन्टा सञ्चालनमा ल्याइएको छ । अस्पताल जानुपरे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न पनि कामपाले आग्रह गरेको छ ।सामान्यतया सङ्क्रमित लामखुट्टेले टोकेको चारदेखि सात दिनभित्र कडा ज्वरो आउने, वाकवाकी लाग्ने, कमजोर महसुस हुने, खान मन नलाग्ने, जिउ दुख्नेजस्ता लक्षण देखिन्छन् ।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
काठमाडौंस्थित नदी किनारका जोखिमयुक्त र अतिक्रमित थप बस्ती हटाउने क्रम शुरु
काठमाडौं । काठमाण्डौका नदी किनारका जोखिमयुक्त र अतिक्रमित थप बस्ती हटाउने क्रम आज आज (शुक्रबार) देखि शुरु भएको छ ।...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...
-
ढुक्क हुनुस्, सुकुम्बासीलाई चाँडै जग्गा वितरण गर्छौं : प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वास्तविक सुकुम्बासी बस्तीका समस्या आफू नेतृत्वको सरकारले नै समाधान गर्ने भन्दै ढुक्क रहन आश्वासन दिएका...
-
नेप्से झन्डै दुई अंकले बढ्दा पाँच अर्ब २७ करोडको सेयर किनबेच
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शुक्रबार नेप्सेमा झिनो अंकले सुधार आएको छ । अघिल्लो दिन १७ दशमलव शुन्य...
-
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
बागमती । लामो समयदेखि आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग कच्चा पदार्थ अभावमा बन्द भएको छ । गत महिना...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दरअनुसार अमेरिकी डलर...
-
अबदेखि काठमाडौंमा बसपार्कबाट मात्र यातायात सञ्चालन गर्नुपर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन सेवा प्रदान गर्न अन्तिम तीन दिनको अवधि दिएको छ ।...












