लम्पी स्किन रोग नियन्त्रण गर्न ३ दिनभित्र कार्ययोजना बनाउने सरकारको निर्णय
काठमाडौं । सरकारले देशभरि फैलिएको लम्पी स्किन रोग नियन्त्रण गर्न ३ दिनभित्र कार्ययोजना बनाउने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको केन्द्रीय अनुगमन समितिको बैठकले तीन तहको सरकारको समन्वयमा निजी क्षेत्रलाई समेत साथ लिएर कार्ययोजना बनाउने निर्णय गरेको हो ।
कृषि, पशुपंक्षी विकास मन्त्रालयका एक अधिकारीका अनुसार लम्पी स्किन रोगविरुद्धको खोप व्यवस्थापनलाई उच्च प्राथमिकता दिने निर्णय पनि केन्द्रीय अनुगमन समितिले गरेको छ । यस्तो कामको नेतृत्व कृषि मन्त्रालयले गर्ने भएको छ । लम्पीको संक्रमणका कारण बाच्छाबाच्छी, दुहुनो र सुत्केरी अवस्थाका पशुहरु मर्ने क्रम रोकिएको छैन । लम्पी स्किन रोग पहिलो पटक सन् १९२९ मा अफ्रिकी मुलुक जाम्बियामा देखिएको थियो । त्यसपछि यो रोग अन्य देशमा विस्तार भएको थियो ।
पशु सेवा विभागका अनुसार नेपालको मोरङ जिल्लामा २०७७ सालको साउन २२ गते पहिलो पटक लम्पी स्किन रोग पुष्टि भएको थियो । अहिले यो रोगले महामारीको रूप लिएको छ । गाईभैंसीमा लाग्ने लामखुट्टे, किर्ना, झिंगा लगायतको टोकाइबाट र पशु उपचार गर्ने क्रममा एउटै सुईको प्रयोगबाट पनि यो रोग सर्ने पशु चिकित्सकहरु बताउँछन् ।
लम्पी स्किन रोगबाट सङ्क्रमित गाईभैंसीको दूध घट्ने, छालामा साह्रा गाँठागुठी देखिने, नाक र मुखमा घाउ आउने, उच्च ज्वरो आउने तथा आँखा र नाकबाट तरल पदार्थ बगिरहने गर्दछ । समयमै उपचार नपाए पशुहरूको मृत्यु हुन्छ । लम्पी स्किन पशुबाट मान्छेमा सरेको पुष्टि अहिलेसम्म भएको छैन । सन् २०१७ मा प्रकाशित एफएओको प्रतिवेदनमा लम्पी स्किन रोग (जुनोटिक डिजिज) नभएको उल्लेख गरेको थियो ।
Comments
अरु समाचार
-
उच्च अदालत जनकपुरमा यसरी सदुपयोग गरियो लगातार तीन दिनको बिदा (फोटोफिचर)
जनकपुर । जनकपुर उच्च अदालतका न्यायाधीश तथा कर्मचारीको तीन दिन बिदाको सदुपयोग देशमै एक उहारणीय भएको छ । कायम मुकायम...
-
देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को...
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर...
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...











