डेंगु संक्रमण बढ्दो, संक्रमितको संख्या १४ हजार नाघ्यो, १० जनाको मृत्यु
काठमाडौँ । डेंगु संक्रमितको संख्या बढ्दै गएको छ । देशभर डेंगी संक्रमितको संख्या १४ हजार नाघेको छ ।ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले उपलब्ध गराएको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या १४ हजार ३५७ पुगेको हो ।
कर्णाली प्रदेशका मुगु र हुम्लाबाहेकका सबै जिल्लामा डेंगी संक्रमण भएको ईडीसीडीले जनाएको छ । डेंगीबाट हालसम्म १० जनाले ज्यान गुमाइसकेका छन् । डेंगीबाट ५०० भन्दा बढी केश भएका ४ वटा जिल्ला रहेका छन् । सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित बनेको छ । सुनसरीमा डेंगी संक्रमितको संख्या ७ हजार ४९५ पुगिसकेको छ । त्यसैगरी मोरङमा १ हजार ६७६, धादिङमा १ हजार ३२० र झापामा ९१३ र काठमाडौँमा १९९ जना संक्रमित भइसकेका छन् ।
प्रादेशिक तथ्यांक हेर्दा सबैभन्दा धेरै कोशी प्रदेशमै संक्रमितको संख्या १० हजार ८१३ पुगिसकेको छ ।त्यसैगरी वाग्मती प्रदेशमा २ हजार ९, गण्डकी प्रदेशमा ६०३ र सुदूरपश्चिम प्रदेशमा ४५१ जना, लुम्बिनी प्रदेशमा ३०७, मधेश प्रदेशमा १३५ र कर्णाली प्रदेशमा ३९ जना संक्रमित भइसकेका छन् ।
Comments
अरु समाचार
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...
-
बडादसैँको दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरिँदै
काठमाडौँ । बडादसैँको दोस्रो दिन सोमबार नवदुर्गामध्ये माता ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै छ । ब्रह्मचारिणीको अर्थ ‘ब्रह्ममा लीन भएकी वा...












