‘गिरिबन्धु टी-स्टेट’को जग्गा सट्टाभर्ना गर्न अनुमति दिँदा कांग्रेस-माओवादीलाई जस्तो आफूलाई लोभ लागेनः ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘गिरिबन्धु टी-स्टेट’को जग्गा कानुनसम्मत ढंगले मन्त्रिपरिषदले सट्टाभर्ना गर्न अनुमति दिएको बताउनु भएको छ । ‘गिरिबन्धु टी-स्टेट’देखि करिब ४५ किलोमिटर पश्चिम दमकमा आयोजना गरिएको नेकपा एमालेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कांग्रेस- माओवादीजस्तो आफू कमिसनको लोभमा नपरेको बताउनुभयो । बरु माओवादी र कांग्रेसले गिरिबन्धु कै ७० बिघा जग्गा हचुवाका भरमा बसपार्क बनाउन दिएको ओलीले दाबी गर्नुभयो ।
‘गिरीबन्धु टी-स्टेट केपी ओलीले खायो भन्छन् । त्यहीँ छ त कसरी खाएँ ?’ माओवादी र कांंग्रेसतिर लक्षित गर्दै ओलीले भन्नुभयो ,‘तिनीहरुले एकपटक १९ र एकपटक ५१ बिघा गरेर ७० बिघा जमिन बिनाकानुन टी-स्टेटलाई सट्टाभर्ना दिएका हुन् ।’
आफू प्रधानमन्त्री भएका बेला उक्त जग्गा सट्टाभर्नाका लागि टी स्टेटका तर्फबाट निवेदन आएको उहाँले बताउनुभयो । ‘चियाको बोटको आयु ६० देखि ८० वर्ष हुँदो रहेछ । ०२०/०२१ सालमा लगाएको चियाको बोटको आयु पुगिसकेको थियो ‘, ओलीले भन्नुभयो, ‘फेरी चिया लगाउनलाई अरु २० वर्ष पर्खनु पर्ने रहेछ । त्यसैले अर्को जमिन खरिद गरेर यहाँ सहरीकरण गर्न मिल्ने गरी २०७८ साल बैशाख १३ गतेको मन्त्रिपरिषदले निर्णय गरेको हो ।’
यो निर्णयमा आर्थिक चलखेल भयो भनेर प्रश्न उठाउनेहरुलाई अध्यक्ष ओलीको जवाफ थियो ‘म के कांग्रेस, माओवादी हुँ र कमिसन खानलाई ? कि उनीहरुको अंशियार हुँ ?’
Comments
अरु समाचार
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...
-
जलस्रोत तथा ऊर्जा विज्ञ बटु लामिछाने नेपाल उद्योग वाणिज्य महासंघको उर्जा समिति सभापतिमा मनोनीत
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ऊर्जा समिति सभापतिमा जलस्रोत तथा ऊर्जा क्षेत्रका विज्ञ बटु लामिछाने मनोनीत भएका...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...












