आज विश्व मुटु दिवस: मुटु रोगका कारण र बच्ने उपाय
काठमाडौं ।आज विश्व मुटु दिवस। हरेक वर्षको सेप्टेम्बर २९ मा विश्वभर मुटु दिवस मनाइँदै आइएको छ। नेपाललगायत विश्वका धेरै देशमा मुटु रोगीको संख्या बढ्दो क्रममा रहेको छ। अव्यवस्थित जीवनशैली, अस्वस्थ खानपान, मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल र धूम्रपानका कारण युवामा हृदयघातको जोखिम बढिरहेको चिकित्सकको भनाइ छ।
विश्व मुटु महासंघका अनुसार विश्वभर बर्सेनि मुटुको रोगबाट दुई करोड मानिस मर्छन्। यीमध्ये ८० प्रतिशतभन्दा बढी विकासोन्मुख र अविकसित राष्ट्रका छन्।
विश्व स्वास्थ्य संगठनले भविष्यवाणी गरेअनुसार, सन् २०३० सम्ममा मुटुरोगबाट विश्वभर मर्नेहरूको संख्या बर्सेनि दुई करोड ५० लाख पुग्ने छ। र, कोरोनरी मुटुको रोग (हृदयघात) संसार कै हत्यारा नम्बर १ रोगका रूपमा स्थापित हुनेछ डरलाग्दो भविष्यवाणी समेत गरेका छन्। सन् २०३० सम्ममा नेपाल लगायत विकासोन्मुख राष्ट्रहरूमा हृदयघात भएर मर्नेको संख्या ३५ प्रतिशतभन्दा बढी पुग्ने विज्ञहरुको आकंलन छ।
हाल नेपालमा २५ प्रतिशत अर्थात करिब ७५ लाख जनता कुनै न कुनै प्रकारका मुटुरोगबाट पीडित भएको तत्थ्यले पुष्टि गर्छ। नेपालमा बीस वर्षयता मुटु रोगीहरूको संख्या पाँच गुणाले बृद्धि भएको छ।
नेपालमा विद्यमान मुटुरोगमध्ये कोरोनरी मुटुको रोग, बाथ मुटुको रोग, जन्मजात मुटुका रोगहरू र उच्च रक्तचाप प्रमुख समस्याका रूपमा देखिएका छन्। मुटुका रोगहरूमध्ये कोरोनरी र उच्च रक्तचाप धेरै छिटो गतिमा बढ्दै गइरहेको देखिन्छ। यसको प्रमुख कारणका रूपमा मानिसहरूको जीवनशैलीमा आएको अस्वस्थकर परिवर्तनलाई औंल्याइएको छ।
दिननुदिन बढ्दै गएको मानिसहरूको अस्वस्थकर जीवनशैली, मानसिक तनाव बढेको छ, शारीरीक व्यायाम नगर्नु,मोटपना, स्वस्थ्यमा हेलचक्राई,धूमपान, मद्यपान, खानामा गुलियो र चिल्लो प्रयोग, सागसब्जी र फलफूल कम खाने बानी, तयारी खाना (फास्टफुड) धेरै खाने बानीले मानिसको मुटु सम्बन्धी समस्या भएका रोग बढ्दै गएको देखिन्छ ।
नेपाल एनसिडी अलायन्सका अनुसार नेपालमा करिब ३० प्रतिशत वयस्क जनतालाई उच्च रक्तचाप छ। त्यस्तै २५ प्रतिशतलाई कालेस्टेरोल, १० प्रतिशतलाई मधुमेह र एक प्रतिशत बालबालिकालाई बाथ मुटुरोग रहेको छ । झनै डरलाग्दो विषयत कहाँ छ भने करीब ९० प्रतिशत नेपालीले मुटुमैत्री खाना खाँदैनन्। करिब ५० प्रतिशत सहरिया नेपालीले आवश्यक व्यायाम गर्दैनन्। ४० प्रतिशतले चुरोट, सूर्ति सेवन गर्छन्। धेरै नेपालीलाई मानसिक तनाव छ। जताततै वातावरणीय प्रदूषण छ। शुद्ध खानेपानीको अभाव छ। तरकारी र फलफूलहरू विषादीले भरिएका छन्। मानिसको जीवन कष्टकर भएको छ।
आज विश्वमा ३० करोडभन्दा बढी मानिसहरू मोटोपनको शिकार भएका छन्। पाँच वर्षमुनिका दुई करोड २० लाख बालबालिका आवश्यकभन्दा बढी शारीरिक तौल भएका छन्। मोटोपन मुटुका लागि खतरा हो। नेपालका सहर बजारमा बालबालिकालाई धेरै खुवाउने, त्यसमाथि अस्वस्थकर खाना खुवाउने र मोटोघाटो बनाउने प्रवृत्ति बढ्दो छ। २० प्रतिशत बालबालिकामा मोटोपना भएको देखिन्छ।
मोटोपना जस्तै धूमपान, मद्यपान, बढी गुलियो, चिल्लो र बोसोयुक्त खानपान गर्ने प्रवृत्ति धेरै बढेको छ। जसका कारण हृदयघात, उच्चरक्तचाप, मधुमेह, उच्च रक्त कोलेस्टेरोल आदिको समस्या पनि अकासिँदै गइरहेको छ।
यसरी बढ्दै गइरहेको मुटुरोगको समस्या रोकथाम गर्न जनचेतना जगाउनुका साथै नीति निर्माताहरूलाई मुटुरोग रोकथाम तथा नियन्त्रणका लागि आवश्यक नीति तथा कार्यक्रमहरू बनाउन घचघच्याउन अति जरूरी देखिन्छ। यसै उद्देश्यले विश्व मुटु महासंघले विश्व मटु दिवस मनाउने चलन चलाएको हो।
धेरै मानिसहरूलाई आफ्नो मुटु र स्वास्थ्यमा रहेको खतराबारे जानकारी हुँदैन। किनकि उनीहरू नियमित स्वास्थ्य परीक्षण गराउँदैनन्। यस्तै प्रकारले धेरैलाई मुटुरोगका कारक तत्वहरू (जोखिम) बाट आफू प्रभावित भए वा नभएको बारे जानकारी राख्नुपर्छ र यसबाट मुक्त हुने उपायहरू पनि समयमै गर्नुपर्छ भन्नेबारे चेतना छैन। यो चेतना अभावका कारण बहुसंख्यक मानिसहरूको हृदयघात र मास्तिष्कघातबाट मृत्यु भइराखेको छ। प्रत्येक मानिसले आफ्नो मुटु कति खतरामा छ, त्यो थाहा पाइराख्नुपर्छ। र, यसबाट बच्ने उपाय समयमै गर्नुपर्छ।
मुटुका लागि जोखिम तत्वहरू उच्च रक्तचाप, मधुमेह, उच्च रक्त कोलेस्टेरोल, मोटोपन, धूमपान गर्ने बानी, वंशानुगत, व्यायामको कमी, मानसिक तनाव आदि प्रमुख हुन्। यदि कसैलाई यी समस्याहरू छन् भने तुरून्त यसबाट छुटकारा पाउन आवश्यक उपचार र सावधानी अपनाउनुपर्छ भन्ने वैज्ञानिकहरूको सल्लाह छ । अन्यथा हृदयघात र मस्तिष्कघात भएर आकस्मिक मुत्यु हुन सक्छ।
मुटुका धेरै रोगहरू जीवनशैलीसँग सम्बन्धित हुन्। अध्ययन तथा अनुसन्धानले के देखाएका छन् भने , जीवनशैली परिवर्तनबाट मात्र पनि ९० प्रतिशतभन्दा बढी मुटुरोगका कारणहरूमाथि नियन्त्रण गर्न सकिन्छ। यस कारण मुटुरोग नियन्त्रण कार्य जीवनशैली स्वस्थकर बनाउने तर्फ लक्षित हुनुपर्छ। सबै सरकारी तथा गैरसरकारी संघ संस्थाहरूले मुटुमैत्री वातावरण सिर्जना गर्न सहयोग गर्नुपर्छ र विश्वव्यापी अभियानमा सबै जानुपर्छ।
मुटुरोगबाट बच्ने उपायहरु
– स्वस्थ भोजन सेवन गर्ने,
– अनावश्यक तनाव नलिने,
– समयमै सुत्ने,
– प्रशस्त फलफूल खाने ,
– हरियो सागसब्जी प्रसस्त मात्रामा खाने,
– चिनी, नुन र चिल्लो एकदम कम खाने,
– नियमित शारीरिक व्यायाम गर्ने,
– धूमपान र मध्यपान नगर्ने,
– नियमित स्वास्थ्य परिक्षण गर्ने,आदि।
Comments
अरु समाचार
-
त्रिविकाे नीति तथा कार्यक्रम पारित !
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सभा–सिनेट बैठकले आर्थिक वर्ष २०८२/२०८३ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री तथा कुलपति...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
काठमाडाैंमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन सुरु
काठमाडाैं । काठमाडाैंको बल्खुस्थित पत्रकारिता र आमसञ्चार विभागको क्यामेरा बिल्डिङमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन शुक्रबारबाट सुरु भएको...
-
अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षकलाई सम्पर्कमा आउन त्रिविको आग्रह
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षक र कर्मचारीलाई सम्पर्क गर्न आग्रह गरेको छ । त्रिविको...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
काठमाडाैं । सरकारले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार...
-
हिमालय इङ्ग्लिस स्कूलका प्रिन्सिपल खनाल ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ बाट सम्मानित हुँदै
विराटचोक । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० स्थित हिमालय इङ्ग्लिस स्कूलका संस्थापक प्रिन्सिपल कमल खनालले इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२५ प्राप्त गर्ने भएका...
-
जेन–जी आन्दोलनमा उत्तर पुस्तिका जल्याे, पुनःपरीक्षा लिने त्रिबिकाे तयारी !
काठमाडौं । गत भदौ महिनाको २२ र २३ गतेको जेन–जी आन्दोलनमा उत्तर पुस्तिका नष्ट भएका त्रिभुवन विश्वविद्यालयका विद्यार्थीको पुनःपरीक्षा सञ्चालन...
-
एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक !
काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ८३ हजार...












