“संघीयताले नयाँ ‘फेलेभर’ दिन सकेन,व्यापक सुदृढीकरण आवश्यक छ”:नेता पुन
काठमाडाैँ । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री गणेशमान पुनले संघीयताको व्यापक सुदृढीकरण आवश्यक देखिएको बताएका छन् ।
माओवादी केन्द्रको तीन महिना विशेष रूपान्तरण अभियानअन्तर्गत रूपन्देहीमा पत्रकार भेटघाट कार्यक्रममा नेता पुनले मुलुकको क्षेत्रीय असन्तुलनलाई सम्बोधन गर्न बनेका प्रदेश संरचनाहरूको भूमिका धेरै कमजोर देखिएको बताएका हुन ।
‘संघीयता डाइभरसीटीलाई हल गर्न बनेको हो । तर यसले कुनै नयाँ ‘फेलेभर’ दिन सकेन । त्यसैले धेरै पुनःसंरचना आवश्यक देखियो,’ आइतवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पुनले भने, ‘अहिले नै संघीयता असफल भयो भन्न मिल्दैन । प्रदेशले लिडरसीप देखाएनन् ।’ तीन महिने पार्टी सुदृढीकरण अभियानले जनतासँगको बिग्रिएको सम्बन्धनलाई सुमधुर बनाउने नेता पुनको भनाइ छ ।
जनतामा भएको निरासालाई आत्म आलोचनासहित अब रूपान्तरण गर्दै अघि बढने माओवादीले संकल्पका साथ अघि बढेको उनले बताए ।
भूमि समस्या, सुकुम्बासी समस्या, सार्वजनिक शिक्षासहित समग्र जिल्लाको विकासका विषयमा विभिन्न छलफल र अन्तरक्रियाका कार्यक्रमहरूले पार्टी गर्दै जाने तय भएको पुनले बताए ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...











